Monday, April 18, 2016

डसम मलत मगलक नयक हर बहदर थपलई सममन गरन

hari bahadur thapa 1

गीति नाटक ‘मालती मंगले’ का चर्चित नायक हरी बहादुर थापालाई डिसीमा सम्मान गरिने भएको छ l डिसी महानगर क्षेत्रमा सक्रिय रुपमा काम गर्दै आएको अमेरिका नेपाल सहयोगी समाजको पहलमा नेपाली नाटकका धरोहर, वरिष्ठ कलाकार एवं प्राज्ञ थापालाई सम्मान गर्ने जनाएको छ l

सम्मान कार्यक्रम साथै प्राज्ञ हरीबहादुर थापाको उत्कृष्ट दश नाटकहरुको केही अंश समेत रहेको ‘पाईलाहरु’ नामक भिडीयो सिडी मन्चन समेत गरिने छ l साथै वरिष्ठ कलाकार थापाले जीवन्त अभिनयका साथ आफ्नो भूमिका निभाउनु भएको नाटकको भिडीयो प्रदर्शन गरिने छ l

hari bahadur thapa 2

अमेरिका नेपाल सहयोगी समाजका अध्यक्ष पदम रेग्मीले प्राज्ञ थापा जस्तो हस्तीलाई अमेरिकाको राजधानी डिसीमा नेपाली समुदायहरुले सम्मान गर्न पाउनु अहोभाग्य हो भने l अध्यक्ष रेग्मीले अमेरिका नेपाल सहयोगी समाजले वहालाई सम्मान गर्न तारतम्य मिलाउने काम मात्र गरेको बताए l थापा एक उत्कृष्ट तथा होनाहार कलाकार हुनु हुन्छ l वहा सबैको सांझा कलाकार भएकोले डिसी महानगर क्षेत्रका सबै संघ तथा संस्थालाई सम्मान कार्यक्रममा समेटिने र सबैको तर्फ बाट प्राज्ञ थापालाई सम्मान गर्ने अध्यक्ष रेग्मीले बताए l

कार्यक्रम आगामी मे महिनाको १४ तारिख शनिबार डिसी नजदिक रहेको आर्लिंगटनको आर्लिंगटन क्षेत्रीय पुस्तकालयमा कार्यक्रम राखिने भएको छ l उक्त कार्यक्रममा वरिष्ठ कलाकार थापा न्युयोर्कबाट आउनु हुने छ l उक्त कार्यक्रममा वहाले नेपालमा नाटकको ईतिहासको र अहिले सम्म भएका उपलब्धि ,अवस्था आदि ईत्यादी समेत बारेमा बोल्नु हुनेछ l समुदायसंग प्रतक्ष्य कुराकानी गर्ने र प्रतक्ष्य छोटो अभिनय समेत प्रस्तुत गर्नु हुने छ l

anhs

प्राज्ञ थापाले आफुलाई डिसी बासिले सम्मान गर्न लागेकोमा हर्ष व्यक्त गर्दै आफुले लामो समय सम्म यस विधामा आफुले समय बिताएकोले डिसीका नेपाली समुदाय संग केहि कुरा साटासाट गर्न पाए त्यो भन्दा मेरो लागि ठुलो कुरो केहि हुने छैन भन्नु भयो l

अमेरिका नेपाल सहयोगी समाजले सबैलाई उक्त समयमा समय व्यवस्थापन गर्न र पात्रो मिलाउनु हुन् आग्रह गर्दै कार्यक्रमलाई भब्य बनाउन सबै सघ तथा संस्थाका पदाधिकारीहरुलाई यसै माध्यम बाट आग्रह गरेको छ l सबै संग निरन्तर सम्पर्कमा रहने र सबैको साझा कार्यक्रमको अबधारणा अन्तर्गत यो सम्मान कार्यक्रम रहने बताईएको छ l

anhs-1024x226

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...