काठमाडौं, ६ वैशाख । दक्षिणी चीन सागरमा अमेरिकाले आफ्नो सेना उतारेको एकदिन नबित्दै चीनले पहिलो पटक सैन्य विमान नै उतारेको छ ।
पछिल्लो समय सागरमा आफ्नो प्रभाव बढाइरहेको चीनले सोमबार दक्षिण चीन सागरस्थित विवादास्पद द्वीपमा पहिलो पटक सैन्य विमान अवतरण गराएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।
शुक्रबार मात्रै अमेरिकी रक्षा सचिव ऐश कार्टरले हतियारले भरिएको विमानबाट दक्षिणी चीनसागरमा यात्रा गर्दै सैन्य शक्ति बढाएको घोषणा गरेका थिए ।
अब चीनले सागरमा आफ्नो प्रभावलाई झनै बढाउँदै सैन्य विमान अवतरण गरेको छ र त्यहाँ फाइटर जेटको बेस निर्माण गर्ने योजना पनि बनाएको अनुमान गरिएको छ ।
सैन्य विमान अवतरण गराएको सागरमा चीनले गतवर्ष मात्रै करिब ३ हजार मिटर लामो रनवे निर्माण गरेको थियो । जून समुद्रको बीचमा छ ।
पिपुल्स लिबरेशन आर्मीका अधिकृतहरुसहितको टोली त्यहाँ उत्रिएको छ ।
फाइटर विमान उत्रिएको समुद्रको बीचमा रहेको रनवे
No comments:
Post a Comment