Monday, April 18, 2016

नेपाली दूतावास द्वारा Passport DC को तयारी-बैठक

अमेरिकाको राजधानी वाशिंगटन डिसी स्थित नेपाली दुतावासले पासपोर्ट डिसी नाम गरेको नेपाल चिनाऊने कार्यक्रमको भब्य तयारी गरेको छ l

राजधानी वाशिंगटन डिसीमा रहेका २०० भन्दा बढ्ता बिदेशी दुतावासहरुले भाग लिने पासपोर्ट डिसी नाम गरेको यो कार्यक्रममा करिब डेढ सय भन्दा बढी मुलुकका हजारौँ बिदेशीहरु आएर नेपालको खाना चाख् ने र नेपाल घुम्न जानको लागी आबस्यक पर्ने पर्यटनजन्य जानाकारी लिने गर्दछन l अमेरिकामा नेपाल चिनाऊने कार्यक्रम यो नै सबै भन्दा ठुलो कार्यक्रम हो l कार्यक्रमको तयारीको लागी, वाशिंगटन डिसी स्थित नेपाली दुतावासको आयोजनामा हिजो अप्रिल १७ तारिख आईतबार दुतावास र नेपाली संघ, संस्थाहरुको संयुक्त बैठक बस्यो l नेपाली दुतावासका कार्यबाहक राजदुत ऋषीराम घिमिरे, ईकोनोमिक काऊन्सिलर कैलाश पोखरेल र द्वीतिय सचिब लेखनाथ गौतमले कार्यक्रम बारे ब्रिफिंग गर्नुभएको थियो l

आगामी मे ७ तारिखमा नेपाली राजदुतको निवास्थानमा र मे २१ तारिखमा क्यापिटल हिल्स अगाडीको सडक महोत्सबमा नेपाल चिनाऊने कार्यक्रम सम्पन्न गर्नको लागी जरुरत पर्ने कामहरु बारे निर्णय गर्दै बिभिन्न कोअर्डीनेटरहरु तोक्ने काम भयो l हाल क्यानाडाका लागी नेपाली राजदुत काली प्रसाद पोखरेल अमेरिकामा कार्यबाहक राजदुत हुनुभएको बेला २००७ मा मा डिसी पासपोर्ट कार्यक्रममा नेपालले पनी भाग लिने चलन शुरु गरेको संस्था अमेरिका नेपाल सोशाईटीका पुर्ब अध्यक्षहरु खेम भट्टचन, प्रेम संग्रौला, बिष्णु कुमारी थापा तयारी बैठकमा सहभागी थिए l

यसैगरी एनआरएनका निबर्तमान बरिस्ठ ऊपाध्यक्ष लोकनाथ तिवारी, एएनएका निबर्तमान महासचिब बिजय थापा, नेवा अर्गनाईजेसन अफ अमेरिकाका पुर्ब अध्यक्ष राजेश श्रेष्ठ, बर्तमान अध्यक्ष रामलाल श्रेष्ठ, पासापुचकी अध्यक्ष सरोजा प्रजापती, जनसम्पर्क समिती म्यारिल्याण्डका अध्यक्ष राज सेन्चुरी, स्पोर्ट्स एण्ड कल्चरल ईन्टरनेशनलकी अध्यक्ष सिता पाण्डे, दुताबासका नयाँ सहचारी दिपक शर्मा लगायतका बैठकमा सहभागी थिए l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...