जनकपुर घरमा छोराको ब्रतबन्ध सकाएर काठमाडौं आउने क्रममा सो झोला ट्याक्सी चढेर हात्तिवन जानेबेला हराएको थियो । विभिन्न संचारमाध्यममा झोला भेटिएको समाचार हेरेपछि आफू प्रहरीसमक्ष आएको पुनमले बताईन। झोला कहाँ हरायो, बसमा की अन्तै कतै भन्ने विषयमा द्धिविधा भएका कारण प्रहरीमा उजुरी गर्न नआएको पुनमले बताईन ।
‘प्रहरीले झोला भेटेको कारण पाएँ, सर्वसाधारणले भेटेको भए सायद पाउदैन थे होला’ पुनमले भनिन् । ललितपुरका एसएसपी अधिकारीले यात्राका क्रममा आफूसँग भएको सामानको बारेमा ध्यान दिनुपर्ने बताए। यात्राका क्रममा सामान हराए नजिकैको प्रहरीमा खबर गर्न उनले सबैसित आग्रह गरे ।
No comments:
Post a Comment