Tuesday, April 19, 2016

आईपएलम हदरबदसग ममबई परजत

timthumb.phpकाठमाडौं, ७ वैशाख । इन्डियन प्रिमियर लिग (आर्इपिएल) क्रिकेटमा सनराइजर्स हैदरावाद मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरेको छ। जितसँगै हैदरावादले आईपीएल क्रिकेटमा खाता खोलेको छ ।
गएराति भएको खेलमा मुम्बई इन्डियन्सले दिएको एक सय ४३ रनको लक्ष्य हैदरावादले १७ दशमलव ३ ओभरमा तीन विकेटको क्षतिमा भेट्टाएको थियो। हैदरावादको जितमा डेविड वार्नर नटआउट ९० रन जोडे। वार्नरले ५९ बलमा चार छक्का र सात चौकाको प्रहार गरेका थिए ।
यस्तै मोएसिस हेनरिकले २०, दिपक होडाले नटआउट १७ रन बनाउँदा मोर्गान ११ रनको योगदान दिए। मुम्बईका टिम साउथी एक्लैले तीन विकेट लिए ।
यसअघि पहिले मुम्बई इन्डियन्सले पुरै ओभर खेल्दै ६ विकेटको क्षतिमा एक सय ४२ रन बनाएको थियो। मुम्बईका लागि रायडुले सर्वाधिक ५४ रन जोडे भने कुर्नल पाण्डेयले नटआउट ४९ रन बनाए ।
यस्तै जोस बटलरले ११ तथा पार्भिव पट्टेलले १० रन जोड्दा कप्तान रोहित शर्मा ५ रनमै आउट भए ।
हैदरावादका बारिन्दर सरानले तीन विकेट लिए भने भुबनेश्वर कुमार र मुस्ताफिजुर रहमानले समान १–१ विकेट लिएका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...