Tuesday, April 5, 2016

पन्ध्र मेट्रिकटन बीउ वितरण

पाँचथर, २३ चैत । जिल्ला कृषि विकास कार्यालयले मकैखेतीका लागि किसानलाई १५ मेट्रिकटन बीउ वितरण गरेको छ ।

किसानलाई गत माघ १५ देखि चैत १५ गतेसम्म सो बीउ वितरण गरिएको हो । कार्यालयका कृषिप्रसार अधिकृत नीलकोमल सिंहका अनुसार वितरण गरिएको उक्त बीउले जिल्लाको १२ हजार रोपनीमा खेती गर्न सकिनेछ । कार्यालयले मध्यपहाडी वृहत्तर मकै बीउ उत्पादन कार्यक्रमअन्तर्गत फिदिम, याङ्नाम र यासोक क्षेत्रका किसानलाई ७५ प्रतिशत अनुदानमा बीउ उपलब्ध गराएको हो ।

किसानलाई मनकामना–३, अरुण–१, रामपुर कम्पोजिट र देउती जातको बीउ वितरण गरिएको छ । यस्तै माटोको अम्लीयपना घटाउन आङ्सराङको सिद्धार्थ कृषि सहकारी संस्थालाई पाँच मेट्रिकटन कृषि चुन वितरण गरिएको छ ।

अम्लिय वर्षा, घरायसी मलको कम प्रयोग र युरिया मल आवश्यकता भन्दा बढी प्रयोग गर्दा माटोमा अम्लीययपना बढ्नुका साथै उत्पादनमा गिराउट आउने गरेको बताइएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...