Tuesday, April 5, 2016

दुर्घटनामा प्रहरीको मृत्यु

Road Accidentइनरुवा, २३ चैत । पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको श्रीपुरजब्दी–६ कोसी कटान क्षेत्रमा सोमबार राति नम्बर नखुलेको सवारी साधनले मोटरसाइकललाई ठक्कर दिँदा एक ट्राफिक प्रहरी जवानको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को५प ७७३० नंको मोटरसाइकललाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका ट्राफिक प्रहरी जवान पङ्कज यादवको मृत्यु भएको हो ।

सप्तरी, जोगिनिया गाविस–६ घर भएका यादवको जिम्मेवारी खटिँदा दुर्घटनामा परी ज्यान गएको हो । यादवको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...