Tuesday, April 19, 2016

नगमक करमचरल यसर खनछन तलक पस

Oil-Tankar-650x364काठमाडौं, ८ वैशाख । नेपाल आयल निगमले गत आर्थिक वर्ष ०७१/७२ मा खरिद गरेभन्दा करिब तीन करोड लिटर तेल कम बिक्री गरेको छ । तापक्रम र प्रशासनिक चुहावटका कारण इन्धन नोक्सानी भएकाले कम परिमाण बिक्री भएको निगमको दाबी छ ।

०७१/७२ को अडिट रिपोर्ट अनुसार निगमले एक अर्ब ६२ करोड ८५ लाख ४३ हजार लिटर इन्धन इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट खरिद गरेको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

जसमध्ये एक अर्ब ६० करोड १२ लाख ९१ हजार लिटर मात्रै बिक्री गरेको तथ्यांक अडिट भएको छ ।

खरिद र बिक्रीबीच अन्तर देखिएको दुई करोड ७२ लाख ५२ हजार लिटर इन्धनको हिसाब नै छैन ।

इन्धनको मूल्य औसत सय रुपैयाँ प्रतिलिटरका दरले हिसाब गर्दा गायब भएको तेलको मूल्य दुई अर्ब ७२ करोड हुन आउँछ ।

निगमले गत आवमा कुल एक खर्ब तीन अर्ब ५९ करोड ६५ लाख ७६ हजार चार सय ८८ रुपैयाँको पेट्रोलियम पदार्थ खरिद गरेको थियो ।

जसमध्ये एक खर्ब २० अर्ब ३१ करोड ३८ लाख ९८ हजार तीन सय ८९ रुपैयाँको इन्धन बिक्री गरेर १५ अर्ब चार करोड २१ लाख ३७ हजार आठ सय ३६ रुपैयाँ नाफा आर्जन गरेको निगमले जनाएको छ ।

नाफा रकमबाट ९० करोड २५ लाख २८ हजार दुई सय ७० रुपैयाँ कर्मचारीलाई बोनस दिइएको अडिट रिपोर्टमा उल्लेख छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...