Wednesday, April 20, 2016

अमरकक नपल दतवसक ऊपनयग परमख ऋषरम घमर मयनमरक लग नपल रजदत

ImageProxy

अमेरिकाको राजधानी वाशिंगटन डिसी स्थित नेपाली दुतावासका ऊपनियोग प्रमुखश्री ऋषीराम घिमिरेलाई नेपाल सरकारले म्यानमारको लागी नेपाली राजदुतमा सिफारिस गरेको छ l

राजदुत नियुक्तीको लागी मंगलबार बेलुकी बसेको नेपाल सरकारको क्याबिनेट बैठकले २१ मुलुकका लागी राजुद्त नियुक्तीको निर्णय गर्दै ऋषीराम घिमिरेलाई म्यानमारको लागी नेपाली राजदुत पदमा सिफारिस गरेको हो l

अब म्यानमारमा भर्खरै बनेको आंगसांग सुचुईको सरकारबाट एग्रिमो र नेपालको संशदिय सुनुवाईको प्रक्रिया पुरा गरेर ऋषीराम घिमिरे महामहिम नेपाली राजदुतको रुपमा म्यानमार जानेछन् l म्यानमारका राष्ट्रपती समक्ष राजदुतको ओहदाको प्रमाणपत्र पेश गर्नु अघि संसारैभरी चर्चित नेत्री आंगसांग सुचुई संग ऋषीराम घिमिरेको भेटघाट हुनेछ l किनभने,
तिन हप्ता पहिले मात्रै म्यानमारमा नयाँ सरकार गठन हुँदा राष्ट्रपती कार्यालयको प्रमुख रपररास्ट्रमंत्री आंगसांग सुचुई भएकी छिन् l

गुल्मी जिल्लाको धुर्कोट राजस्थल गा. बि. स. वोडा नम्बर ६ स्थायी घर भएका  ऋषीराम घिमिरे पररास्ट्र मन्त्रालयको शाखा अधिकृत पदमा नियुक्त भई  २०४५ सालमा पररास्ट्र सेवामा प्रवेश गरेका हुन् l नेपाली दुतावास बंगलादेश,  सार्क सचिवालय, नेपाली दुतावास कतारमा कन्सुलर भैसकेका घिमिरे  हाल अमेरिकाको नेपाली दुतावासमा ऊप नियोग प्रमुख हुनुहुन्छ l अमेरिकाको ऊपनियोग प्रमुख नेपाल सरकारको अधिकृत स्तर प्रथम श्रेणी तहको दर्जा हो l भारत र अमेरिकाको ऊपनियोग प्रमुख मात्रै प्रथम श्रेणी फस्ट क्लास स्तरको सहसचिब हुने गर्दछ l

त्रिभुवन बिश्वोबिध्यालयबाट जन प्रशासनमा एम. पि. ए. ऊतिर्ण गरेका प्रस्तावित राजदुत ऋषीराम घिमिरेले अन्तरास्ट्रिय सम्बन्ध बिषयमा फ्रान्सबाट मास्टर्स गर्नुभएको छ l नेपाल सरकारले म्यानमारको लागी नेपाली राजदुत पदमा सिफारिस गरेको खुसियालीमा ऋषीराम घिमिरेज्युलाई ईनेप्लिज डट कम को तर्फबाट पनी बधाई छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...