Tuesday, April 19, 2016

मटरसइकल चरम सलगन तन पकरउ

bykeriderधनगढी, ८ बैशाख । कैलाली जिल्लामा मोटरसाइकल र साइकल चोरीका घटना बढ्दै गएकाबेला मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले अत्तरिया नगरपालिका–१३ का १७ वर्षीय मदन कँडेल र १८ वर्षीय उमेश बडैला, अत्तरिया नपा–४ का भवानी सङ्ग्रौलालाई पक्राउ गरिएको जानकारी दिए ।

चोरी भएका मोटरसाइकल खरिद गर्ने चौमाला गाविसका भीमबहादुर विश्वकर्मालाई पनि पक्राउ गरिएको छ ।

मोटरसाइकल चोरी गरेर खरिद बिक्रीसमेतमा संलग्न यो गिरोहलाई मोटरसाइकल धनीले गरेको उजुरीका आधारमा केही दिनअघि पक्राउ गर्न सफलता मिलेको विष्टले जानकारी दिए । पत्रकार सम्मेलनमा पक्राउ परेकालाई चोरी भएको मोटरसाइकलसहित सार्वजनिक गरिएको थियो ।

हालै से३प ९६४१, से१प ८११२, से२प ९६७३ नंको मोटरसाइकलका साथै, अत्तरियाका विश्वप्रकाश पौडेलसहितका व्यक्तिको घरबाट मोटरसाइकल चोरी भएको थियो । चोरीपछि यो गिरोहले नम्बर प्लेट परिवर्तन गरी मोटरसाइकल आफैँ चलाउने वा अर्कोसँग बिक्री गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले साइकल चोरी गर्ने गिरोहलाई भने पक्राउ गर्न सकेको छैन । धनगढीका विभिन्न व्यक्तिको घरका साथै मुख्य बजारका सडक छेउमा अड्याई राखिएका साइकल दिउँसै चोरी गर्ने गिरोह वर्षौंदेखि सक्रिय रहेको पीडितले बताएका छन् ।

चोरले चोरी गरी सीमा पारी पुगेर निकै सस्तो मूल्यमा चोरी भएको साइकल बिक्री गर्ने गरेको बताइन्छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...