Thursday, April 28, 2016

जनताले चाहे राजतन्त्र फर्किन्छ : काँग्रेस महामन्त्री शशांक कोइराला

Shashank-Koirala-NC-GS

पुरुषोत्तम ढकाल, लसएन्जलस, १६ बैशाख । अमेरिका भ्रमणमा रहनु भएका कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले लोकतन्त्रमा जनतानै सर्वाधिकार भएको हुँदा यदि साच्चै जनताले चाहे राजतन्त्र फर्किने नयाँ राजीनितिक संकेत सार्वजनिक गर्नु भएको छ । झन्डै दुई साता लामो संयुक्त राज्य अमेरिकाको भ्रमणमा न्युयोर्क हुँदै मंगलबार टेक्सास आइपुग्नु भएका काँग्रेस महामन्त्री कोइरालाले नेपाली जनसम्पर्क समिति अमेरिकाको टेक्सास च्याप्टरद्वारा उहाँको सम्मानमा आयोजित कार्यक्रमलाई संबोधन गर्दै शाह बंसिय राजतन्त्र पुनर्स्थापना बारे जनताको अभिमतलाई सर्वाधिकार मान्ने काँग्रेसको नीति रहेको अभिव्यक्ति सार्वजनिक गर्नु भएको हो ।  उहाँले मधेश संकट तर्फ संकेत गर्दै मधेशी दललाई भन्नु भयो, ‘ मधेशी दल र नेताहरुले व्यक्ति र दलको स्वार्थ त्यागेर राष्ट्रिय हितमा सोच्ने हो भने नेपाली काँग्रेसले मधेशको दिर्घकालिन समस्या समधानको मार्ग प्रस्तुत गरिसकेको छ ।  आउनुहोस, संवाद र छलफलद्वारा संबिधानमा देखिएका त्रुटिहरु संसोधन गरेर संबिधान कार्वान्यन गरेर समृद्ध नेपाल निर्माणको सहयात्रा सुरु गरौ ।’

Texsasमहामन्त्री कोइरालाले लोकतन्त्रको नाउँमा जन्मिएका छोटे राजाहरुले देशमा थप संकट निम्त्याएको काँग्रेस आउदा जनाताको हित बिपरित छोटे राजाहरुसंग सत्ताको खेलमा नलाग्ने दावी गर्नु भयो ।  अमेरिकमा कांग्रेसीहरुको झगडा देखेर आजित हुनु भएका कोइरालाले स्पष्ट सव्दमा भन्नु भयो, ‘जिवन्त विचार भएको पार्टीमा विचार आधारित गुट हुन्छ तर पद र प्रतिष्ठाको नाउँमा बनेका गुटले लोकतन्त्रको भविष्यमा समेत संकट निम्त्याउने हुँदा नेपाली काँग्रेस र नेपाली जनतालाई अमेरिकामा बस्ने नेपालीले विचारको गुट मार्फत तपाइहरुले निर्देशित गर्ने दिन छिट्टै आओस मेरो सुभकामना ।’ नेपाली जनसम्पर्क समिति टेक्सासका दुई च्याप्टरद्वारा संयुक्त रुपले मंगलबार अर्भाइङ्ग, टेक्ससमा आयोजित सम्मान कार्यक्रममा काँग्रेस महाधिवेशन प्रतिनिधि हरिबोल भण्डारीले स्वागत र समितिका च्याप्टर प्रतिनिधि ज्ञानेन्द्र कार्कीले समापन गर्नु भएको थियो ।

NC GS Koirala Texsas

गत शुक्रबार आफ्नो दुई साता लामो अमेरिका भ्रमणको क्रममा न्युयोर्क आइपुगेका काँग्रेस महामन्त्री कोइराला न्युयोर्क, भर्जिनिया, टेक्सास, सिकागोको कार्यक्रम सकेर आगामी आइतबार लसएन्जलसका नेपाली अमेरिकनलाई संबोधन गर्ने कार्यक्रम रहेको छ भने त्यस लगत्तै उहाँ मे ३ तारिखका दिन सनफ्रान्सिस्कोमा उहाँको सम्मानमा आयोजना हुने कार्यक्रममा सहभागी हुन त्यस तर्फ जानुहुनेछ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...