Saturday, April 30, 2016

घनश्याम नेतृत्व नयाँ शक्ती नेपाल बाट खेलाडी सम्मान तथा राहत बीतरण

g

घनश्याम नेतृत्व नयाँ शक्ती नेपालले खेलाडी सम्मान तथा राहत वितरण कार्यक्रम सम्पन्न गरेकाे छ ।नयाँ शक्ती नेपाल(घनश्याम) काे काठमाण्डाै उपत्यका संयोजन समितिको सकृयतामा त्रीपुरेस्वरमा रहेको उसु हल मा १२ औ दक्षिण एसियाली खेलकुद प्रतीयोगीता (साग)मा नेपालका लागी स्वर्ण पदक जीतेर राष्ट्रकाे नाम उच्च राख्न सफल खेलाडीहरुलाई नगद तथा पुरस्कार वितरण गरेको छ l

पुरस्कृत हुने खेलाडीहरुमा ,नीमा घर्तीमगर लाइ रु २५ हजार सहीत कदर पत्र र साेही प्रतीयोगीतामा रजत पदक बिजेताहरु क्रमश विजय संजाली,युबराज थापा,हरी प्रसाद गोले,बिश्व बुद्ध मगर,राजेश चौधरी, सरोज पुन,सुमन तामाड ,सबीता राइ, झरना गुरुङ्ग, जुनी राई,बिन्दु पुन मगर लाइ एक कार्यक्रम गरी सम्मान गरेकाे छ ।

यसै गरि उसु खेलका प्रशिक्षकहरू राजीब महर्जन,रतन बहादुर खाती,अरून दत्त,प्रकाश महर्जन, सुमन भट्ट लाइ कदर पत्र प्रदान गरीएकाे छ भने उसु खेलमा लागी खेलकाे बिकाशकाे लागी बिशिष्ट याेगदान पुर्यानु हुने गाेपाल श्रेष्ठ र थापा शंकर लेकाली लार्इ पनी वहाहरूकाे कार्यकाे उच्च मुल्याङ्कन गर्दै समान पत्र प्रदान गरेकाे छ l

साथै मलेशीयामा काम गर्ने सीलसीलामा ज्यान गुमाएका खाेटाङ छिटा पाेखरी घर हुने दिपक खड्काकाे बुवा, अामालाइ प्रवास र नेपालमा हुने अभीयन्ताहरूबाट संकलीत रू २६ हजार र क्यान्सर पीडीत कबीता राइलाई सहयाेगका लागी प्रवाश बाट पठाएको दश हजार सात सय छब्बीस नयाँ शक्ती नेपालका सह संयाेजक कमलराज श्रेष्ठ काे हात बाट प्रदान गरियो l

कार्यक्रमका नयाँ शक्ती नेपाल (घनश्याम)सह संयाेजक कमलराज श्रेष्ठ केन्द्रिय सचीव नरेन्द्र अाेली,कुबेर गाैतम ,उसु खेल संग सम्बन्धित खेलाडी तथा प्रशीक्षककाे बाक्लाे उपस्थीती रहेकाे थियो भने उक्त कार्यक्रमकाे सभापतीत्व राजु बस्नेतले गरेका थिए l

h

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...