Saturday, April 30, 2016

यस्तो छ नविना लामाको रोचक प्रेम कहानी, को हुन प्रेमी ?

Nabina-Lama-5

काठमाडौं, १८ बैशाख । चलचित्र ‘म्हेन्दोला माया’मा अभिनय गर्दा नवीना लामा भविष्यका बारेमा अन्योलमै थिइन् । २०५६ सालमा एसएलसी पास गरेर काभ्रेको मादनकुँडारीबाट राजधानी आएकी उनले एक वर्षपछि हिरोइन बन्ने मौका पाइन् ।

जीवनमा कल्पनै नगरेको त्यो अवसरबाट उनी निकै खुसी थिइन्। पहिलो चलचित्र प्रदर्शनमा आएपछि नवीनालाई ‘म पनि हिरोइन भएँ’ भन्ने अनुभूति हुन थाल्यो। ‘चलचित्र राम्रो बनेको थियो। त्यो चलचित्रकै कारण मलाई धेरैले चिने। गीत पनि हिट भयो’, नवीना स्मरण गर्छिन्, ‘अहिलेजस्तो धेरै कुरा त नबुझेकाले होला, आफूलाई हिरोइन भन्नचाहिँ लाज लाग्थ्यो।’

पहिलो चलचित्रबाट राम्रो प्रतिक्रिया पाएकी नवीनामा अभिनयप्रति रुचि जागेको थियो। तामाङ भाषा तथा संस्कृतिमा आधारित ‘म्हेन्दोला माया’पछि नेपाली चलचित्रमा अनुबन्धित भइन्। तर छायांकनका लागि जोमसोम जानुपर्ने भएपछि उनको बाटो मोडियो।

‘टाढा जानुपर्ने भएकाले परिवारका कारण चलचित्र छाडेँ। म्युजिक भिडियोमा मोडलिङको कुरा पनि हुँदै थियो तर त्यति बेलै अखिल राजनीतिमा होमिएँ। त्यसपछि मेरो बाटो मोडियो।’

प्रेमी प्रविन श्रेष्ठसँग डेटिङमा नविना

प्रेमी प्रविन श्रेष्ठसँग डेटिङमा नविना

अभिनेत्री हुँदासम्म परिवार खासगरी बुबा उनीसँग त्यति खुसी थिएनन्। ‘बुबा राजनीतिमा रुचि राख्ने। चलचित्र, गीतसंगीत खासै मन पराउनुहुन्नथ्यो । तर मामाले चलचित्र ‘म्हेन्दोला माया’मा खेल्नु भनेपछि परिवारबाट अब्जेक्सन भएन’, नवीनाले भनिन्, ‘त्यो क्षण सम्झँदा ठीक गरेजस्तो लाग्छ । त्यो आफ्नो भाषा, संस्कृति र मौलिकतासँग जोडिने अवसर थियो।’

२०५८ सालमा बानेश्वर क्याम्पसमा स्ववियु सभापतिमा हारेपछि उनको राजनीतिक यात्राले गति लिएको हो। ‘त्यो हारले मलाई ऊर्जा दियो । त्यसपछि अब साँच्चिकै केही गर्छु भन्ने अठोटका साथ लागेँ। त्यही अठोटले मलाई यहाँसम्म ल्याइपुर्‍याएको हो।’

‘लुकाउनु केही छैन। म प्रेमसम्बन्धमा छु। त्यसलाई विवाहमा परिणत गर्ने चाहना छ’, आफ्नो भावी पतिका बारेमा नवीना भन्छिन्, ‘हामीले सँगै राजनीति सुरु गरेका हौं। तर अहिले उहाँ व्यवसायतिर लाग्नुभएको छ।’

मादनकुँडारीस्थित महेन्द्र माविमा अध्ययनरत हुँदै प्रारम्भिक कमिटीमार्फत अखिलमा संगठित भएकी उनी अनेरास्ववियुको २२औं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएकी हुन् । यसले उनलाई युवा नेत्रीका रूपमा स्थापित गरिदिएको छ भने अभिनेत्री बन्ने सम्भावना सकिएको छ।

नेतृत्व हस्तान्तरण गर्दै जानुपर्छ भन्ने मान्यता राख्ने उनी अध्यक्षका रूपमा एक कार्यकालमात्रै रहने सोचमा छिन्। राजनीतिमा संघर्ष गरेका र इमानदारले मौका पाउनुपर्छ भन्ने उनको चाहना छ। ‘अहिले राजनीतिमा विकृति छ।

प्रेमी प्रविन श्रेष्ठसँग डेटिङमा नविना

प्रेमी प्रविन श्रेष्ठसँग डेटिङमा नविना

पैसा हुनेको बिगबिगी देखिन्छ’, नवीना भन्छिन्, ‘तर राजनीति भनेको सर्वसाधारण सबैका लागि खुला प्लेटफर्म हो । संघर्ष गरेका इमानदार व्यक्तिले मौका पाउनुपर्छ भन्ने मान्यता स्थापित गर्ने प्रयासमा छु।’

विद्यार्थी राजनीतिले पार्टीमात्रै होइन राष्ट्रिय राजनीतिलाई उथलपुथल पार्न सामथ्र्य राख्ने उनको ठम्याइ छ। नवीना राजनीतिमा आउनुमा परिवारको विशेष योगदान छ । उनको राजनीतिक यात्राबाट परिवार खुसी छन्।

राजनीतिकै कारण ३२ वर्ष पुग्दासम्म निजी जीवनका बारेमा उनले खासै ध्यान दिइनन् । तर यसबारेमा उनी गहन रूपमा सोच्न थालेकी छन् । नारी भएकाले घरपरिवार पनि बनाउनुपर्ने आवश्यकता उनलाई महसुस हुन थालेको छ।

‘जिम्मेवारी वहन गर्न सजिलो होस् भनेर होला, आमाबाबाले तत्कालै विवाह नगरे हुन्थ्यो भन्ने चाहनुहुन्छ तर म विवाहको पक्षमा छु’, नवीना भन्छिन्, ‘यो कार्यकालभित्रै विवाह हुने सम्भावना छ । यसका लागि मेरो घरपरिवारलाई मनाउनु छ।’

अहिले प्रेमसम्बन्धमा रहेकी नवीना त्यो सम्बन्धलाई विवाहमा परिणत गर्न चाहन्छिन्। ‘लुकाउनु केही छैन। म प्रेमसम्बन्धमा छु। त्यसलाई विवाहमा परिणत गर्ने चाहना छ’, आफ्नो भावी पतिका बारेमा नवीना भन्छिन्, ‘हामीले सँगै राजनीति सुरु गरेका हौं। तर अहिले उहाँ व्यवसायतिर लाग्नुभएको छ।’

– अन्नपूर्ण पोस्ट दैनिकबाट

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...