Saturday, April 23, 2016

कनेक्टिकटमा नयाँ वर्ष २०७३ को भव्य स्वागत

2

रघुनाथ गिरी कनेक्टिकट,अप्रिल १८ नेपाली नयाँ वर्ष २०७३ सालको उपलक्ष्यमा कनेक्टिकट राज्य भरी छरिएर रहेक नेपालीहरु वीच शुभकामना आदान प्रदान तथा विविध मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ कनेक्टिकट नेपाली समाज (नेकोन)ले अप्रिल १७ तारिख आइतबारका दिन नव वर्ष सास्कृतिक साझ २०७३ को आयोजना गरि भव्य रुपमा स्वागत गर्यो । संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि महामहिम राजदुत दुर्गा प्रसाद भट्टराई ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा अमेरिका स्थित नेपाली महावाणिज्य दुतावासका कार्यवाहक महावाणिज्य दुत श्री नारायण मैनाली ,बाणिज्यदुत कृष्ण कुमार सुबेदी लगायत विभिन्न सघं सस्थाका प्रतिनिधिको साथै उल्लेखनिय रुपमा कनेक्टिकट बासी नेपालीहरुको उपस्थिती थियो ।

3 उक्त कार्यक्रममा सस्थाको मुखपत्र कनेक्टिकट चौतारीको चौथो अंक विमोचन, विश्व साईकल यात्री कालिका प्रसाद भण्डारीको सम्मान,आजीवन सदस्यता प्रदान, सस्थाको विभिन्न कार्यमा महत्वपूर्ण योगदान पु¥याउने महानुभावहरुलाई सम्मानका साथै विविध सास्कृतिक कार्यक्रम गरिएको थियो । कार्यक्रमको समुदघाटन गर्दै राजदुत भट्टराईले यस्ता कार्यक्रमले नेपाली चालचलन, सस्कृति, परम्परालाई झल्काउनुको साथै नयाँ पिडीको लागि अनुकरणिय हुने बताउदै स्वदेश तथा विदेशमा रहेका नेपालीहरुमा नेपाल सरकारको तर्फबाट नव वर्षको उपलक्ष्यमा सुख, शान्ति र सम्वृद्धिको कामना गर्नुभयो । कार्यक्रमका सभापति एवंम् सस्थाका अध्यक्ष श्री शंकरप्रसाद ढकालले संस्थाको तर्फबाट हार्दिक मंगलमय शुभकामना दिनुभयो । स्वागत मन्तव्य राख्दै उपाध्यक्ष अर्जुन दाहालले सस्थाको तर्फबाट नेपालका भुकम्प पिडितका लागि करिब ४७ हजार डलर संकलन गरि राजदुत मार्फत प्रधानमन्त्री राहातकोषमा पठाएको उल्लेख गर्दै यसका लागि संकलन गर्ने निर्वतमान कार्यसमिती र हस्तान्तरण गर्ने वर्तमान कार्यसमिती प्रति हार्दिक आभार प्रकट गर्नुभयो ।

8 (2)कार्यक्रमको बारेमा प्रकाश पार्दै कार्यक्रम संयोजक केशव शर्मा दाहालले कार्यसमिती तथा सहयोगी सबैमा धन्यवाद ज्ञापन गर्नुभयो । सस्थाको मुखपत्र कनेक्टिकट चौतारीको चौथो अंकको विमोचन प्रमुख अतिथि तथा कार्यक्रम सभापतीबाट संयुक्त रुपमा भएकोथियो । भने चौतारी प्रकाशनका सम्पुर्ण समुहलाई प्रधान सम्पादक राम कुमार सुवेदिले धन्यवाद ज्ञापन गर्नुभयो  । उक्र कार्यक्रममा विश्व साईकल यात्री कालिका प्रसाद भण्डारी तथा सस्थाका नव आजीवन सदस्यहरुलाई सम्मान गरिएको थियो । कनेक्टिकट राज्यका गभर्नर डानियल पि मलोइले पठाउनु भएको शुभकामना सन्देश सस्थाका सचिव नारायण पौडेलले वाचन गनुभएको थियो । कार्यक्रमको मुख्य आकर्षणको रुपमा विविध सास्कृतिक कार्यक्रम रहेको थियो । जसमा स्थानिय कलाकारहरुले विभिन्न किसिमका नेपाली भेषभुषा, संस्कृति झल्कने अति नै आकर्षक र मनमोहक भेषभुषा प्रर्दशनी, गायन तथा नृत्यहरु प्रस्तुत गरेका थिए । सहभागि कलाकार,स्वयंसेवक तथा सहयोगी व्यवसायी संस्थाहरुलाई अध्यक्ष श्री शंकर प्रसाद ढकालले प्रशंसा पत्र प्रदान गर्नुभएको थियो । औपचारिक कार्यक्रम संचालन संस्थाका सचिव नारायण पौडेलले गर्नुभएको थियो भने साँस्कृतिक कार्यक्रमको उद्घोषण दीपक लामा तथा बिस्मिता घिमिरेले गर्नुभएको थियो ।

1

स्मरण रहोसः नेकोनले संयुक्त राज्य अमेरिकाको कनेक्टिकट राज्यमा आफ्नो स्थापनाकाल देखि नै नेपालीहरुको महान पर्व वडा दसै, दीपावली तथा नयाँ वर्षको उपलक्ष्यमा विविध सास्कृतिक कार्यक्रम गर्दैआईरहेको छ । यसरी विभिन्न समयमा आयोजना गरिने यस्ता कार्यक्रमले एकातिर परदेशमा रहेर क्षणिक रुपमा भएपनि स्वदेशको आभास दिदै आफ्नो धर्म, कला, सस्कृति, रितिरिवाजको जर्गेना गर्दै अन्तराष्ट्रिय स्तरमा परिचित गराउन मद्दत गर्दछ भने अर्को तर्फ नयाँ पुस्तालाई धर्म, कला,सस्कृति, रितिरिवाजको बारेमा सिकाउ छ । त्यसैले आफ्नो धर्म, कला, सस्कृति, रितिरिवाजको जिवन्तता दिर्दै अन्तराष्ट्यि स्तरमा परिचित गराउन यस्ता कार्यक्रम निरन्तर रुपमा प्रवासमा संचालन गनुपर्ने देखिन्छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...