Saturday, April 23, 2016

गोरखामा एनआरएनले बस्ती स्थानान्तरण गर्ने, महामहिम राष्ट्रपति स्वयं उपस्थित हुने

nrnalatestlogokrishnakcusa
२३ अप्रिल २०१६, कृष्ण के.सी, अमेरिका

महाभूकम्पको लगभग ११ महिना पछि एनआरएनको भूकम्प पीडितहरुलाई १००० घर बनाउने प्रस्तावलाई नेपाल सरकारले स्विकृती दिएको छ । हुनत लाइन्स क्लव र अरु थुप्रै संस्थाहरुलाई स्विकृती नदिएर पैसा देउ हामी आँफै बनाउछौ भन्छ नेपाल सरकार भनेर एकजना लाइन्स डिस्ट्रिक गभर्नरले भनेका थिए ।
गैर आबासीय नेपाली संघले तत्काल गोरखा र सिन्धुपालचोकमा गरी १००० घर बनाउने प्रस्तव गरेको थियो । राष्ट्रिय पूनःनिर्माण प्राधिकरणको सहजीकरण समितिको हालै बसेको वैठकले गैर-आवासीय नेपाली संघको घर बनाएर वस्ती स्थानान्तरण गर्ने प्रस्तावलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
यस अघि ३० मार्च २०१६ मा प्राधिकरणले गोरखाको लाप्राकमा स्थलगत अध्ययनका लागि पत्राचार गरेको थियो । सोही अनुरुप गत ५ अप्रिल २०१६ मा एनआरएनए नर्थ अमेरिकाका क्षेत्रीय संयोजकले एनआरएनको तर्फबाट सो स्थलगत अध्ययन र लाप्राकको गाउँको बैठकमा सभागी भएका थिए ।

हालै गैर-आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद र नेपाल सरकारवीच हुने सम्झौता गोरखाको लाप्राक गाउँमा हुने भएको कुरा संस्थाकी प्रवक्ता रन्जु वाग्ले थापाद्वारा जनाइएको छ । पुन:र्निर्माणमा
महामहिम राष्ट्रपति बिद्यादेवी भण्डारीको धेरै चासो रहेकोले महामहिम राष्ट्रपती ज्यू स्वयं समेत आइतबार लाप्राक गाउँमा उपस्थित हुने कुरा प्रवक्ता थापाले जानकारी गराइन । थापाका अनुसार उक्त सम्झौता लाप्राक गाउँ बिकास समिति गुम्सिपाखामा दिउँसो १ बजे हुने छ । सम्झौतामा पुनःनिर्माण प्राधिकरण, शहरी विकाश मन्त्रालय र गैरआवासीय नेपाली संघवीच त्रिपक्षीय हस्ताक्षर हुनेछ । यसैक्रममा गैर-आवासीय नेपाली संघका अध्यक्ष शेष घले काठमाण्डौ पुगेका छन् ।
पुरानो लाप्राकवस्ती भन्दा केही माथि रहेको डाँडाँमा अहिले लाप्राकबासी पाल टाँगेर बसिरहेका छन् । बिगतको अध्ययन र हालको बस्तिको अवस्थाका केही तस्बिर भने एनआरएन उत्तर अमेरिका क्षेत्रीय संयोजक सोनाम लामाबाट प्राप्त भएको हो ।

News Link:

http://ift.tt/1Quh3Ri97%E0%A5%8B%E0%A4%B0%E0%A4%96%E0%A4%BE%E0%A4%AE%E0%A4%BE-%E0%A4%8F%E0%A4%A8%E0%A4%86%E0%A4%B0%E0%A4%8F%E0%A4%A8%E0%A4%B2%E0%A5%87-%E0%A4%AC%E0%A4%B8%E0%A5%8D%E0%A4%A4%E0%A5%80-%E0%A4%B8/

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...