Friday, April 22, 2016

सवतरल भनन मर पतक हतय परचणडक नरदशनम भएक ह

Prachand-650x423काठमाडौं, १० वैशाख । ‘मलाई न्याय चाहिएर आएको हुँ, आयोगले सत्य पत्ता लगाएर दोषीलाई कारबाही गर्छ भन्ने विश्वास लिएको छु । मेरा पतिको हत्या एमाओवादी अध्यक्ष प्रचण्डको निर्देशनमा भएको हो । नत्र उनको पुत्ला जलाएको दुई दिनपछि अफिसमै आएर किन गोली हालियो ?’

लमजुङकी सावित्री चिलुवालले बुधबार यस्तै दावीसहित पति गणेश चिलुवालको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिएकी छन् ।

‘१२ वर्षसम्म हत्यारा खुलेआम हिँडेकाले उनीहरुलाई सजाय दिलाउन आयोगमा आएकी हुँ ।’ सावित्रीले भनिन्, ‘गाउँबाट यातना दिएर लखेटेपछि राजधानी बस्दा समेत हत्या गर्नेलाई कानुनी कठघरामा ल्याउने समय आएको छ ।’

नेपाली कांग्रेसको स्थानीय राजनीति गरेर बसेका गणेशमाथि २०५६ साउन २३ गते नै माओवादीले हत्या प्रयास गरेका थिए । धमिलीकुवाको वडाअध्यक्ष रहेका उनलाई सुराकी गरेको आरोपमा ३०–३५ जना माओवादी आएर अपहरण प्रयास गरे । नसकेपछि घरछेउकै मकै बारीमा खुकुरी र लाठी प्रहार गरी निर्मम यातना दिए । बेहोस चिलुवाललाई मकैबारीमा छाडेर उनीहरु हिँडे ।

‘मर्यो भन्दै छाडेका रहेछन्,’ सावित्रीले भनिन्, ‘उक्त घटनापछि हामी लमजुङबाट विस्थापित भएर राजधानी आयौं ।’ चिलुवाल काठमाडौंको वीर अस्पतालमा उपचार गराउन थाले । उपचारका लागि पार्टीका नेताले आर्थिक सहयोगसमेत गरे । आफूले पाएको यातना सम्झँदै उनले आफ्नै अध्यक्षतामा माओवादी पीडित संघ गठन गरी राजधानीको मुटु बागबजारमा कार्यालयसमेत स्थापना गरे ।

बागबजारको प्रजातन्त्र चोकमा एक्कासी उनकै नेतृत्वमा ०६० साल फागुन १ गते माओवादी अध्यक्ष प्रचण्डको पुत्ला दहन भयो । माओवादी आन्दोलन उनीविरुद्व रहेको भन्दै पीडित संघको नेतृत्वमा जुलुस र नाराबाजीसमेत भयो । त्यसको दुई दिनपछि बागबजारस्थित संघको कार्यालयमै अध्यक्ष चिलुवालमाथि गोली प्रहार भयो । उनको हत्या गरेर माओवादी कार्यकर्ताहरु फरार भए । आजको नागरिक दैनिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...