Friday, April 22, 2016

यसत रहछ दकषत पकरउ परनक करण

kanak-650x340काठमाडौं, १० वैशाख । पत्रकार एवं साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितलाई प्रहरीले पक्राउ गरेको छ ।

अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निगरानीमा रहेका दीक्षितलाई अख्तियारबाटै खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो पाटन ढोकाबाट पक्रेको हो ।

यसकारण गरियो पक्राउ
दीक्षितले अख्तियारलाई अटेर गरेकाले उनलाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता कृष्णहरि पुष्करले जानकारी दिए ।

साँझा यातायातका अध्यक्ष दीक्षितले भ्रष्टाचार निवारण सम्बन्धी कानुन र अख्तियारलाई अटेर गरेकाले यो कानुनको डाठो उल्लंघन भएको प्रवक्ताको पुष्करको भनाई छ ।

‘हामीले पत्रकारलाई हैन साझा यातायातको अध्यक्षलाई समातेको हो । उहाँ चाहिँ भ्रष्टाचार निवारण सम्बन्धि कानुन नमान्ने, अख्तियारको ऐन कानुन नमान्ने ?’ उनले प्रश्न गर्दै भने, ‘उनले पेश गरेको सम्पत्ति विवरण, आयोगमा दिएको विवरण र हाम्रो अनुसन्धानमा फरक देखियो त्यही सम्बन्धमा फोनबाट चिठीबाट बोलाउँदा पनि अटेर गरेकाले अहिले पक्राउ गर्न बाध्य भयौं ।’

उनको भनाई अनुसार अख्तियारको आग्रहलाई वेवास्ता गरेकाले दीक्षितलाई ‘पावर’ देखाउँदै अख्तियारले नियन्त्रणमा लिएको हो ।

दीक्षितलाई यसअघि अख्तियारले पाँच हजार जरिवाना समेत गरिसकेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...