Tuesday, May 31, 2016

“पेरिसमा हुने १३औ नेपाल महोत्सवको तयारी पूरा भयो”

फ्रान्सको राजधानी पेरिसमा हरेक बर्षको जुन महिनामा नेपाल महोत्सव एवं मेला हुदै आइरहेको छ ।  यस बर्षको १३ औ महोत्सव आगामी जुनको ४ र ५ का दिन हुन गइरहेको छ । सन् २००२ मा स्थापना भएको नेपाली सांस्कृतिक गृह (Maison Culturelle du Nepal) नामक नेपाली मैत्री संघले यो मेलाको आयोजना गर्दै आएको छ । मेला आयोजनाको प्रमुख उधेस्य हरुमा; बुद्धको जन्म भूमि र सगरमाथाको देश नेपाललाई चिनाउनु, विभिन्न कलाकौशल र सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेर नेपालको बिबिध कला र संस्कृतिको पहिचान गराउनु, नेपालवाट झिकाएका हस्तकला, मूर्तिकला  तथा पोशाकहरु बिक्रि गरेर नेपाली घरेलु उद्योगलाई सहयोग गर्नु ,  मेला स्थलमा नेपाली दाल भात सहित विभिन्न नेपाली परिकारहरु तयार गरेर बिक्रि गरि नेपालको खानाको स्वाद चखाउनु, नेपालको कला, संस्कृति, पर्यटन , पुरातत्व आदिका ज्ञाताहरुद्वारा बिबिध बिषयमा प्रवचन (conference) गराई नेपाल चिनाउनु र नेपालमा पर्यटन प्रबर्धन गर्न सहयोगी हुनु रहेकोछ । यी सबै उधेस्यहरुको साथ यस्ता कार्यक्रमहरु गर्दै आर्थिक कोष खडा गरेर पेरिसमा आफ्नै नेपाली घर किन्ने वा निर्माण गर्ने संघको प्रमुख उधेश्य रहेको छ ।

नेपाल महोत्सव पेरिस महानगरको १२ औ वडामा अवस्थीत रमणिय (Bois de Vincennes) भाँसेन बगैचा भित्र आयोजना हुनेछ । यो विशाल बगैचा भित्र विभिन्न ताल तलैयाहरु, फूलहरु, बोट बृक्षहरु, चराचुरुंगीहरुको कृडा स्थल, मनोरन्जनका विभिन्न साधनहरु को साथै फ्रान्सको  बौध समाजले स्थापना गरि संचालन गरेको बुद्धको गुम्बा परिसर पनि छ । झन्डै ३/४ हेक्टर जमिन क्षेत्रफल भएको गुम्वा परिसर आफैमा ठूलो छ भने गुम्वा (मन्दिर) मा संभवत युरोपकै भीमकाय बुद्ध भगवानको ध्यान मुद्राको सुनौला मूर्ति स्थापना भएको छ । फ्रान्सका बौध मार्गीकोलागि यो गुम्वा महत्वपूर्ण तिर्थ स्थल हो । यो परिसरमा हप्रान्तरमा प्राय: सधै एक न एक मेला तथा मेलाको आयोजना भइरहेको हुन्छ । पेरिस भित्रको यति सुन्दर र महत्वपूर्ण तीर्थ स्थलमा नेपाली मेला आयोजना गर्न पाउनु हामी नेपालीकोलागि गौरबको कुरा हो ।

 मेलाको कार्यक्रम ३ जुनको शुक्रबार साँझबाट प्रारम्भ भई आइतवार राती समाप्त हुने गरेकोछ । मेलामा नेपाली राजदूतावास लगायत फ्रान्सका नेपाली मैत्रीसंघहरु र अन्य तीसौ संघ संस्थाले आ-आफ्नो स्टल राखेर पेरिसको ठूलो जनसमुदाय आगन्तुकलाई आ-आफ्नो संघ संस्थाको कृयाकलापको जानकारी दिदै संघ संस्थाको कोष वृद्धिकोलागि राखिएको सर-सामान बिक्री गर्दछन् । आयोजक संघले मेला स्थलमै नेपाली खानको साथै जिलेवी , सेल , पकौडा, मम आदि तयार गरेर बिक्री गर्ने परम्परा बनेको छ । मन्दिर परिसर भित्र भव्य मन्चमा नेपालको हिमाल, पहाड, उपत्याका र तराईका बिभिन्न नेपाली लोक सांस्कृतिक नृत्यहरु अटुटरुपमा संचालन भइरहेको हुन्छ भने नेपाली पुरातत्व, कला, संस्कृति, प्राकृतिक सम्पदा र प्रयटनका विज्ञहरुद्वारा दशौ विषयमा प्रवचन पनि गरिनेछ । नेपाली ध्वजा पतका र झन्डाले सिंगारिएको मेला स्थलमा नेपाली विविध संगीतका स्वर र धूनले जो कोही पदयात्रीलाई  पनि प्रवेश गर्न आकर्षक पार्दछ ।  मेलाको २ दिनमा ५००० पाँच हजार दर्शक हुने अपेक्षा गरिएको छ । मेलाको प्रवेश शुल्क केवल ३.५०/-  युरो हुने गरेकोछ । मात्रीभूमि नेपाल र नेपालीकै हितकोलागी संचालित यो मेला सफल बनाउन नेपाली सांस्कृतिक गृह पेरिस फ्रान्स, सम्पूर्ण  नेपाली र  फ्रेन्च मित्रहरुलाई हार्दिक अनुरोध गर्दछ । साथै मेलामा भाग लिन फ्रान्स र युरोपका नेपाली दाजु भाइ दिदी वहिनीहरुलाई आमन्त्रण गर्दछ ।
थप जानकारीको लागि
 :

http://ift.tt/25z4XE6
[email protected]

0033(0)618087751
 हेमन्त उपाध्यासंग सम्पर्क गर्न सक्नुहुनेछ ।

 

न्यूयोर्कमा साकेला पर्ब मनाइने

PRATAP RAI - Kirat Rai socety America

न्यूयोर्क- आफ्नो कला सस्कृती को जगेर्ना गर्ने अभिप्राय ले केआर एस ले यो बर्ष उधौली साकेला पर्ब अघिल्लो हरु मा झै क्विन्स बृज पार्क मा आगामी जुन महिना को ५ तारिख आइत बार गर्ने निर्णय गरेको छ । सम्पुर्ण किरात राइ जाती हरु को सम्बृद्धि,उन्नती र प्रगतीको हित मा काम गर्दै त्यही सस्कार लाई निरन्तर्ता दिदै नयाँ पुस्ता लाई हस्तान्तरण गर्ने कुरा कार्यक्रम मा बोर्ड अफ डिरेक्टर प्रताप राइ ले बताउनु भयो ।

किरात राइ हरु को आफ्नो कला सस्कृती साथै भाइ चारा बढाउने उदेश्य ले २००३ मा अमेरिका मा स्थापना भएको किरात राइ सोसाइटी अमेरिका ले आफ्नो बिभिन्न गतिबिधी सन्चालन गर्दै, हरेक साल २ पटक साकेला उभौली र उधौली पर्ब को रुप मा अमेरिका मा मनाउदै आएको छ । उभौली पर्ब बैसाख पुर्णे देखी एक महिना सम्म र उघौली पर्ब पनि मङ्सिर पुर्णिमा देखी एक महिना सम्म मनाउने गरिन्छ ।

किरात राइ सोसाइटि अमेरिका ले भर्खरै २०१६ मे २१ र २२ तारिख कोलोराडो मा भएको सस्था को केन्द्रिय महाधिबेशन द्वारा नयाँ नेतृत्व चयन गरेको छ । न्यूयोर्क स्थित उक्त कार्यक्रम मा चुलो घर बनाउने कुरा पनि उल्लेख गरिए को थियो। राइ सस्कृती मा कन्यादान दिदा र बुहारी भित्राउदा चुलो देखाउने परम्परा रही आएको छ । त्यस्का निमित्त नयाँ कार्य समिती ले चुलो घर निर्माण मा प्रकृया हरु थली सकेर को छ भने देखी दाह सस्कार को लागी पनि कार्य हरु जान कारी हरु पत्रकार सम्मेलन मा गरिएको थियो ।

ANS को “एसियन हेरीटेज फेस्टिवल Washington DC आएका “ आयुष रिमाल र निक्कि कार्कि संग गरिएको कुराकानी

चितवनका तीन विद्यार्थी एक महिना देखि बेपत्ता प्रशासनले चासो नदिएको परिवारको गुनासो

missing boy

चितवन, १८ जेठ ।
पूर्वी चितवनको कालिका नगरपालिका – ७ खोलेसिमल बजारस्थित सिद्धि विनायक आ.मा.वि. मा अध्ययनरत ३ जना विद्यार्थी एक महिनादेखि बेखबर छन् । गत बैसाख १७ गते शुक्रबार आ–आफ्नो घरबाट स्कुल हिडेका उनीहरुको एक महिना बितिसक्दा समेत कुनै अत्तोपत्तो छैन । विद्यालय जान भनी हिडे पनि उक्त दिन उनीहरु विद्यालय गएका थिएनन् । कालिका नगरपालिका – ६, खोलेसिमलका १३ वर्षीय अश्विन धमला, सोही वडा नयाँ टोलका १२ वर्षीय थोमस लामिछाने र वडा नं. ८ लंकालाईनका १४ वर्षीय राज गुरुङ्ग एकै कक्षाका दौतरी हुन् । उनीहरु सोही विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिए । बिहान खाना खाई साईकल लिएर विद्यालय हिडेका राज गुरुङ्गको साईकल विद्यालयको गेट बाहिर छाडेको अवस्थामा पाइएको राजका बुबा लेख बहादुर गुरुङ्गले बताए । दुई छोरा मध्येका जेठा छोरा राज बेपत्ता भएपछि सोही कक्षामा पढ्ने भाइ रजत पनि मानसिक पिरलोमा परेका छन् । अहिले उनको परिवारमा रुवाबासी छ । आमा अनिता बैदेशिक रोजगारको क्रममा दुबई गएको १५ महिना भयो । उता आमा पनि रुदारुदा काम गर्न सक्ने अवस्थामा छैनन् लेख बहादुरले भने ।

गुरुङ्ग परिवार मात्र होइन उता थोमस लामिछानेको ६० वर्षीय हजुरआमा होम कुमारीको भोक, तिर्खा, निद्रा हराएको एक महिना भयो । कतिखेर नाती आइपुग्ला भनेर उनी बाटो हेर्ने गर्दछिन् । जतिखेर पनि नाती सम्झदै भक्कानिन्छिन् र नातीको कुरा ग¥यो भने बोल्न पनि सक्दिनन् । थोमसको बुबा विवेक र आमा मोनिकाको अवस्था पनि उस्तै छ । लामिछाने परिवारले जोले छाक खाना नखाएको पनि धेरै नै भइसक्यो । एक महिना भयो नातीको अत्तोपत्तो छैन, कसरी घर बस्ने ? घर नै अध्यारो चकमन्न छ, होम कुमारीले रुदै भनिन् । दुई सन्तान मध्ये छोरा बेपत्ता भएपछि सानी छोरी पनि दाजुलाई सम्झदै बुबाआमासँगै रुदै एक महिना बिताईसकिन् ।

गुरुङ्ग र लामिछानेको भन्दा कम पीडा धमला परिवारमा पनि छैन । डिलमाया धमला र बुद्धि प्रसादको कान्छा छोरा अश्विन बेपत्ता भएदेखि जेठो छोरो आयुषको पढाई धेरै बिग्रीसकेको छ । छोराको पीरले चिन्तित आयुषको आमा डिलमायाको आँखा कहिल्यै ओभानो देखिदैन । बुबा रोजगारीको सिलसिलामा भारतको कोलकत्तामा मजदुरी गर्दछन् । छोरा बेपत्ता भएदेखि यो परिवारको पीडा पनि दर्दनाक छ । मध्यम परिवारका यी विद्यार्थी बेपत्ता भएको एक महिना बित्दा समेत प्रहरी प्रशासनले चासो दिएर खोजतलास नगरेकोमा आफन्तजनको गुनासो छ । हाम्रो सुनिदिने, बोलिदिने कोही छैन, खोजतलासको लागि प्रशासनले सहयोग गर्न समेत परिवारजनले आग्रह गरेका छन् । एक महिनादेखि धमला, गुरुङ्ग र लामिछानेका परिवार, इष्टमित्र, छरछिमेक र विद्यालयका शिक्षकले समेत पूर्व मेची देखि महाकालीसम्मका बीरगञ्ज, भैरहवा, नेपालगञ्ज लगायतका नाकाहरु पोखरा, काठमाडौं तथा विभिन्न शहरहरुमा खोजतलास गर्न पुगेपनि बेपत्ता छोराहरुको बारेमा केहीपनि पत्तो पाउन नसकेको परिवारजनले बताएका छन् ।
विद्यालयका आफ्ना विद्यार्थी बेपत्ता भएपछि शिक्षक परिवार पनि चिन्तामा परेको सो विद्यालयका सहायक प्राचार्य नवराज बञ्जाराले बताए । हरेक दिन बेपत्ता विद्यार्थीको मात्र सम्झना आउँछ । कहाँ गएका होलान्, के गर्दै होलान् भन्ने पीरले विद्यालय परिवार पनि स्तब्ध भएको बञ्जाराले बताए ।

बेपत्ता विद्यार्थीहरुको बारेमा कुनै सूचना प्राप्त भएमा लेख बहादुर गुरुङ्गको नं. ९८४५९५९६८७, मोनिका लामिछानेको नं. ९८०४२२९२३७, डिलमाया धमलाको नं. ९८०९२२५९०५, विद्यालयका सहायक प्राचार्य नवराज बञ्जाराको नं. ९८५५०६२६१३ वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गराईदिनुहुन परिवारजनले अपील समेत गरेका छन् ।

रक्तदान गर्नु जीवन दान हो !

image (1)

एन.आर.एन. क्यानडाको प्रेस बिज्ञप्ति

Press release 20160530 (1)-page-001

कानुन ब्यबसायी तथा अधिबक्ता बिनोद रोका संग टेक्ससमा टि पि एस सम्बन्धि अर्न्कर्क्रिया कार्यक्रम सम्पन्न

अष्ट ज अभियान नेपालले सुरु गरेको कृषि व्यवसायिकरणको लागि राष्ट्रिय जागरण कार्यक्रम

देशको आर्थिक समृद्धिका लागि अष्ट ज अभियान नेपालले सुरु गरेको कृषि व्यवसायिकरणको लागि राष्ट्रिय जागरण : समृद्ध नेपालका लागि स्वाधीन अभियान” मा यहाँको पनि साथ र सहयोग पाइन्छ की ?

कृषि व्यवसायिकरणको लागि राष्ट्रिय जागरणः समृद्ध नेपालका लागि स्वाधीन अभियान नेपाली माटो र हावापानीको व्यवशायिक प्रयोगमार्फत स्वाधीन र आत्मनिर्भर नेपाल निर्माण गर्न सकिन्छ भन्ने मनोबलका साथ अघि बढेको अष्ट ज अभियानले ६० जिल्लाका व्यवसायिक कृषक तथा अभियन्ताहरुको उपस्थिति तथा प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा बृहद अन्तरक्रिया र राष्ट्रिय भेला सम्पन्न हुने भएकोले सो कार्यक्रमका लागि आर्थिक सहयोगका लागि हार्दिक अनुरोध गर्दछौं ।

यहाँले गर्नुभएको सहयोग रकम उक्त कार्यक्रममा घोषणा गरिनुका साथै प्रमाणपत्र पनि प्रदान गरिनेछ ।

कार्यक्रम हुने स्थान : बुद्धनगर पार्टी प्यालेस बुद्धनगर
मिती : जेठ २२ गते शनिबार

४४४५९३३,९८४१४८०८००,९८४७४४३४३१

ANS को “एसियन हेरीटेज फेस्टिवल “मा आयुष रिमाल र निक्कि कार्किको प्रस्तुति

ANS को “एसियन हेरीटेज फेस्टिवल “मा क्यालिफोर्निया तथा टेक्सास बाट आएका उदयमान युवा कलाकारहरू आयुष रिमाल र निक्कि कार्किको प्रस्तुति बेजोड रहनुको साथै स्थानीय कलाकार तथा बालबालिकाले प्रतिभा प्रस्तुत गरेका थिए l यस्तै गरि स्थानीय संगीत टोलि फ्युजन व्यान्डको प्रस्तुती बेजोड को रहेको थियो l
अमेरिकाले हरेक वर्षको मे महिनालाई एसियन,प्यासिफिक अमेरिकन हेरिटेज महिनाको रुपमा मनाउने गरेकोले उक्त अवसरमा यो उत्सव मनाईएको हो l अन्य कार्यक्रमहरुमा ज्यादा जसो दोश्रो पुस्ताका युवाहरूको सहभागीता नदेखिएकोले यस पटक उनीहरू कै व्यापक सहभागीतामा हेरिटेज नेपाल उत्सव मनाई स्थानीय प्रतिभाशाली युवाहरूलाई प्रोत्साहन गर्ने थालनी भएकोमा युवाहरु अत्यन्त उत्साहि भएका छन l

NASO को नयां बर्ष सांझ-२०७३, बाल्टिमोर

photo photo (18) photo (16) photo (15) photo (14) photo (13) photo (12) photo (11) photo (10) photo (9) photo (8) photo (6) photo (5) photo (4) photo (3) photo (2) photo (1) image

दोहोरी गायिका संगिता थापामगरले बाल्टिमोरबासीलाई नचाईन्

वाशिंगटन डिसी, ३१ मे २०१६ – नेपालको रास्ट्रिय स्तरकी दोहोरी गायिका संगिता थापामगरले
यही मे २८ को साँझ बाल्टिमोरका नेपालीहरुलाई नचाएको खबर छ l  दोहोरी गायिका संगिता थापामगरको साथमा अर्का चर्चित दोहोरी कलाकारहरु पुरेन्द्र बिश्वोकर्मा, रमेश परियार र मंजु पुन पनी जमेका थिए l साथै, नेपाल देखी आएका अर्का चर्चित दोहोरी कलाकार  अमृत बिश्वोकर्माको सालैजो भाकाले पनी दर्शकहरुलाई नचाऊनु नचायो l
नेपाली अमेरिकन सोशाईटी फर अप्प्रेस्ड कम्युनिटी ( NASO ) को आयोजनामा अमेरिकाको बाल्टिमोर  शहरमा आयोजना गरिएको नेपाली “नयाँ बर्ष २०७३ धमाका” नाम दिईएको यस बिबिध सांस्कृतिक कार्यक्रममा लोक, दोहोरीको साथै नेपालका बरिस्ठ कलाकार प्रकाश श्रेष्ठ, पविता परियार र दिनेश भण्डारीको पनी आकर्षक प्रस्तुती थियो l
 नेपालको पस्चिमाञ्चल क्षेत्रको चर्चित “कौडा नाच” कार्यक्रमको अर्को आकर्षण थियो l  मगर जातिको महिला भेष, भुषामा सजिएका स्याङ्जा जिल्लाका मगर युबतीहरु :   करिश्मा आले, प्रबिना आले, सुष्मिता आले र सच्चिता थापामगर को सामुहिक  सालैजो नृत्य” र “कौडा नृत्य” बडो आकर्षक थियो l त्यस्तै, पुर्बाञ्चल क्षेत्रको
राई लिम्बुको नृत्य पनी हेर्दा कम थिएन l
कार्यक्रमको शुरुमा आयोजित स्वागत समारोहमा अमेरिका भ्रमणमा रहेका पर्बत जिल्लाका  साँसद कमला चापागाँई प्रमुख अतिथी, म्यानमारका लागी प्रस्तावित नेपाली राजदुत  रिषीराम घिमिरे बिशेष अतिथी र “बाना” का अध्यक्ष कुलमणी आचार्य अतिथी रहनुभएको  स्वागत समारोह NASO का अध्यक्ष गोपाल बिश्वोकर्माको अध्यक्षतामा भएको थियो l
NASO का सचिब बिष्णु बिश्वोकर्माले स्वागत समारोह संचालन गरेका थिए l  आधुनिक गित, पप् , लोकगित र दोहोरी गित सबैखाले मसला मिसाईएको ऊक्त  बिबिध सांस्कृतिक कार्यक्रममा मम, चिकन ब्रियानी सहितको रात्रिभोजको ब्यबस्था पनी गरिएको थियो l  बाल्टिमोरका सक्रिय युबा ज्ञानेन्द्र गहतराजको नेत्रित्वोमा प्रति ब्यक्ती बिस डलरको प्रवेश शुल्क  कडाईकासाथ लागु गरिएको देखिन्थ्यो l
ब्यबस्थापनको कमजोरी –  पप् , आधुनिक गित मन पराऊने १० प्रतिशत र लोक गित तथा  दोहोरी गित मन पराऊने ९० नब्बे प्रतिशत दर्शक भएको ऊक्त सांस्कृतिक कार्यक्रममा दोहोरी प्रती चाख नभएकालाई साऊन्ड सिस्टमको जिम्मा परेछ l जसलेगर्दा, कलाकारहरु लोकगीतमा नाच्दा नाच्दै स्पिकर नै बन्द गरिदिने र लाईभ दोहोरीलाई समय नदिने गरेर ठुलो गल्ती गरेको देखियो l  यस्तो लापरबाहीले आक्रोशित भएकी अतिथी कलाकार संगिता थापामगरले माईकबाटै  आयोजक संस्था प्रती आक्रोश ब्यक्त गरेपछी, नासोका अध्यक्ष गोपाल बिश्वोकर्माले
आयोजकको तर्फबाट माफी माग्नु परेको थियो l
जस्तो जे भएता पनी, प्रमुख अतिथी सांसद कमला चापागाईं र बिशेष अतिथी प्रस्ताबित  म्यानमारका लागी नेपाली राजदुत रिषीराम घिमिरे पनी नाचेको म्याग्दीका दोहोरी गायक  खड्ग गर्बुजाको सालैजो गितमा अमेरिकाको राजनैतिक दल डेमोक्र्याटिक पार्टीका  एच. बि. भण्डारी, अमेरिकी फेडरल गभर्नमेन्टका प्रकाश नेपाल, खेम भट्टचन लगायतको ठुलो समुह मध्येरात सम्मै नाचेको नाचेकै थिए l
कार्यक्रमको अन्तमा – प्रमुख अतिथीले प्रमाणपत्र र बिशेष अतिथीले खादा ओडाएर  कलाकारहरुलाई सम्मान गरिएको थियो र रमेश परियार, मंजु पुनको दोहोरीले  कार्यक्रमको बिटमारिएको थियो l

Monday, May 30, 2016

ANS हेरिटेज नेपाल फेस्टिभलका संयोजकहरू सुनिल् मणि दाहाल र प्रभा देउजा संग कुराकानी

 

IMG_0547-800x600

 

नेवाः अर्गनाइजेसन अफ अमेरिकाको बार्षिक अधिवेसन-२०१६

डिसी महानगर क्षेत्रमा स्थापित नेवाः अर्गनाइजेसन अफ अमेरिकाले गत मे २८ तारिख म्यारिल्याण्ड राज्यको सिल्भर स्प्रिन्ग्समा आफ्नो १५ औ बार्षिक अधिवेसन तथा साधारण सभा भव्यताको साथ सम्पन्न गरेको छ l

उद्घाटन ,बहस तथा सांस्कृतिक कार्यक्रम गरि तिन चरणमा कार्यक्रम विभाजित रहेको थियो l कार्यक्रममा बिल्ला वितरणको साथै खादा अतिथिहरुलाई लागी सुरु गरिएको थियो l उद्घाटन कार्यक्रममा महा सचिब महेन्द्र प्रधानले बार्षिक प्रतिबेदन तथा कोषाध्यक्ष राजेश लाल श्रेष्ठले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए l कार्यक्रममा प्रमुख अतिथि नेपाली दुताबासका कैलाश राज पोख्रेल ,डब्लुएनओ का सभापति सिजन श्रेष्ठ तथा प्रमुख वक्ता प्राध्यापक गौतमा भी बज्राचार्य ले बिबिध बिषयमा मन्तब्य तथा प्रकाश पार्नु भएको थियो l

आयोजित दोहोरी-सांझको आयोजक संस्था NASO को Thank You Note

Dear All respected  Artists, Supporters and Community Members,
 
 NASO Community has just organized New Year musical greeting program with famous Nepali singer in the occasion of Nepali New Year 2073. We like to thank all artists who present their art in that program. Likewise we like to thank all supporters who help us financially and physically to make success this program. Finally we like to thank all guests and participants including Chief Guest Member of Parliament ( MP ) Kamala Chapagain from Nepal, Special Guest Nepal Embassy DCM / proposed

AMBASSADOR of Nepal to Myanmar Mr. Rishiram Ghimire & NASO Advisor Khem Bhattachan (dcnepal & eNepalese)

 for giving us their valuable time and support. We hope we will get your support continually in upcoming days as well. Thank You all again.
Sincerely
Gopal Bishowkarma
President
NASO Community
USA

२८ मे २०१६, बाल्टिमोरमा NASO को नयाँबर्ष-साँझमा लोक संस्कृती “कौडा” डान्सका कलाकारहरु (तस्बिर: खेम भट्टचन)

IMG_7604

मनिषालाई दाईको चिठ्ठी- एकपटक आर्यघाटबाट उठेर हेर बहिनी (मनै रुवाउने कथा)

फुटबलर विमल घर्ती मगरकी बहिनी मनिषा घर्तीलाई एक पात्रले मार्मिक पत्र लेखेका छन् । उनले मनिषालाई ‘एकपटक आर्यघाटबाट उठेर हेर बहिनी’ भन्दैमनै रुवाउने कथा लेखेका हुन् ।

हेर्नुस् भिडियोमाः –

भाषण तथा खाँदा प्रथाको जय होस् !-प्रकाश श्रेष्ठ

prakash 1खासगरि अनावस्यक आसन ग्रहणको मञ्चमा ओईरो,

खाँदा र लामो भाषणले गर्दानै यस्ता कार्यक्रमहरुको आकर्षण

घटेको सबैले महशुष गरिरहेका छन्

भाषण तथा खाँदा प्रथाको जय होस् !-प्रकाश श्रेष्ठ

prakash 1

हामी कुनै विशेष शुभ कार्यको शुरुवात गर्दा धार्मिक, सांस्कृतिक परम्परा अनुसार शुभ साहित निकालेर पुजापाठ गरेर कामको प्रारम्भ गर्छौ । त्यस्तै कोही कतै नयाँ ठाउँमा लामो समयको लागी यात्रामा जाँदा सगुन दिएर टिका लगाएर खाँदा ओडाएर शुभयात्राको कामना सहित विदाई गरिन्छ । त्यस्तै गरि कोही प्रदेशबाट आउँदा समेत टिका लगाएर सगुन दिएर खाँदा ओडाएर स्वागत गरिन्छ । खासगरि आ-आफ्नो धार्मिक आस्था, जातियता, सामुदायिक प्रचलन, आधुनिक संस्कार आदी अनुसार कसैलाई घर देखि टाढा वा विदेशमा यात्रा गर्ने क्रममा घरबाट निस्कदा, एरपोर्टबाट हवाईजहाजमा जाने क्रममा विभिन्न तरिकाबाट विदाई गरिन्छ र विदेशबाट आउँदा वा नयाँ पाहुनाहरु आउँदा पनि आफ्नै तरिकाले स्वागत गर्ने प्रचलन हुन्छ ।

यस्तो प्रचलन हरेक जातजाती र भेग एवं स्थानमा फरक फरक हुन सक्छ जस्तो कि एउटा नेवार, तामाङ, राई, गुरुङ, मगर, शेर्पाले अपनाउने तौरतरिका र अर्को मधेसको थारु, यादव, झा, मिश्र, पासवानले अपनाउने प्रचलन फरक हुन सक्छ भने पहाडमा बस्ने बाहुन, क्षेत्री, परियार, हरिजन, विश्वकर्मा, गन्दर्वको आफ्नै प्रचलन हुन सक्छ । तसर्थ विभिन्न जातजाती र समुदायमा यस्तो प्रचलनमा पृथकता हुन सक्छ ।
त्यस्तै कुनै विशेष कार्यक्रमहरु समाज, समुदाय र विभिन्न संस्थाहरुमा आयोजना गर्दा समेत विशिष्ट व्यक्तीहरु वा आमन्त्रित मुख्य पाहुनाहरुलाई स्वागत गर्दा अपनाईने प्रचलन ठाउँ अनुसार अलग अलग हुने गर्दछ । तरपनि आजकल खासगरि मुख्य अतिथीहरुलाई विशेष मंचमा आसन ग्रहण गराएर संचालन गरिने कार्यक्रमहरुमा कार्यक्रमबारे लेखेको व्याचको साथमा खाँदा ओडाएर स्वागत गर्ने प्रचलन अत्यान्तै चलेको पाईन्छ ।

सामान्यतया केही बर्ष पहिला विशेष जाति विशेषहरुमा आफ्नो सांस्कृतिक पहिचानको रुपमा प्रयोगमा ल्याईने खाँदा प्रथा त्यसमा पनि कसैको स्वागत र विदाई गर्दा प्रयोग गरिने गरिन्थ्यो त्यसलाई आजकल जुनसुकै कार्यक्रमहरुमा पनि प्रयोगमा ल्याईने गरेको पाईन्छ । त्यसले गर्दा कहिकतै उक्त प्रचलनलाई अपव्याख्या गर्दै दुरुपयोग त गरिएको होईन भन्ने आभाष हुन थालेको छ । वास्तवमा कुनै विशेष शुभकार्य, पराक्रमको कार्य जस्तो हिमाल चढ्ने, विभिन्न खेलकुद एवं प्रतियोगितामा सहभागी हुँदा शुभकामना दिदै शुभ साहित स्वरुप शुभ कार्यका लागी सगुन सहित खाँदा ओडाएर सम्मान गर्ने गरिन्छ र त्यस्तै विशेष कार्यक्रमहरुमा सफलता प्राप्त गर्दा खुशीयाली स्वरुप स्वागत गर्दै बधाई दिने क्रममा समेत सगुन दिएर खाँदा ओडाउने वा टिका लगाएर, अविर लगाएर फुलमाला लगाई दिने चलन छ ।
यसो गर्दा एक किसिमको हौसला पनि बढ्न जाने, आत्मविश्वास बढ्ने, गौरभ महशुष गर्न सकिने पनि हुन्छ । तर आजकल प्रायः जसो कार्यक्रम चाहे त्यो सामाजिक संघ संस्थाले आयोजना गरेको होस् या सामुदायले आयोजना गरेको होस् या सरकारी कार्यालय, राजनैतिक दल, सांगेतिक क्षेत्र, व्यवसायिक क्षेत्र, स्थानिय क्लवहरु आदी किन नहोस् सबै जसोले कार्यक्रम प्रारम्भ गर्दानै मंचमा आसन ग्रहणको लामो नामावली सहित खाँदा ओडाएर कार्यक्रम संचालन गर्ने परम्परानै चल्दै गएको छ । त्यस्तै कतिपय नेताहरुलाई स्वागत गर्न आयोजित कार्यक्रममा त गला/गर्धनले धान्नै नसक्ने गरि २५/३० केजीको माला लगाईदिने जस्ता चर्तिकला पनि देखिने गरेको छ ।
अझै विदेशमा दैनिक जसो नेता, कलाकार र विभिन्न क्षेत्रका व्यक्तीहरु विभिन्न कार्यक्रममा सहभागी हुन वा व्यक्तिगत भेटघाटमा आउँदा समेत एरपोर्टमै लिन गएर खाँदाको भारीले थिच्ने गरि स्वागत गरिन्छ र तीनीहरुको आगमन पश्चात विभिन्न स्थानहरुमा हुने विभिन्न कार्यक्रमहरुमा पनि कार्यक्रमको शुरुवातमै खाँदा ओडाएर जात्रा देखाईन्छ । कार्यक्रममा सहभागी दर्शक, श्रोताहरुलाई दिक्क लाग्ने गरि नेपालबाट आएका पाहुनाहरुका साथमा विदेशमै बसेका विभिन्न क्षेत्रका नेपालीहरुलाई समेत खाँदा भिराएर झनै कार्यक्रम लम्वाउने गरिन्छ ।

सबैजसो संस्थाहरुले आयोजना गरिने कार्यक्रममा विदेशमै बसेर केही चल्ताफुर्ता बनेर नाम कमाएकाहरुलाईनै बोलाउने र नेपालबाट विशेष आगन्तुक बनेर आएका व्यक्तीहरुको साथमा उनीहरुलाई पनि खाँदाहरु भिराएर अतिथीको विल्ला भिराई दिने, मञ्चमा आसन ग्रहण गराउने भाषण गर्न लगाउने र आफ्नो कामको बखान सर्वसाधरण दर्शक सामु पेश गर्ने मौका दिईन्छ र यस्तो मौका पाउनेले पनि मौकामा चौका हान्ने काम निकै चातुर्यतापुर्वक गरिरहेको हुन्छन् जसमा त उनीहरुले कहिकतै नाम नविर्सने गरि मञ्चमा आसन ग्रहण गरेका देखि चिनेजानेका समेतको नाम लिएर सम्बोधन गर्ने र कतिपयले ताल परे घरमा खाना पकाएर बच्चाबच्चीहरुलाई हेरेर बसेकी आफ्नी श्रीमतीलाई समेत सम्बोधन गर्ने पनि देखिन्छ ।

यस्तो लाग्छ की त्यो कार्यक्रममा विद्यार्थीको बार्षिक परिक्षाफलको नतिजा वाचन गरिरहेको छ । त्यस्तै सम्बोधन पछिको भाषण पनि पट्यार लाग्ने गरि गरिन्छ र जुन मुख्य कार्यक्रमको आकर्षण हो त्यसलाईनै फितलो बनाईन्छ । जस्तोकी आजकल विदेशमा बढी सांगेतिक एवं सांस्कृतिक कार्यक्रमहरु चलिरहन्छ त्यसमा समेत मुख्य कलाकारहरुलाई बाहेक अन्य व्यक्तीहरुलाई लामो लिस्ट सहित मञ्चमा बोलाएर कार्यक्रमको शुरुवातमै आसन ग्रहण, खाँदा ओडाउने देखि भाषण सम्मको कार्यक्रम सम्पन गरिसके पछि मात्र सांगेतिक कार्यक्रमको संचालन हुन्छ ।
यसले गर्दा त्यस सांगेतिक कार्यक्रममा कलाकारको प्रस्तुती सुन्न र हेर्न टिकट काटेर पैसा तिरेर आएका दर्शक वा श्रोताहरु त्यस्तो पट्यार लाग्दो कार्यक्रम प्रति त्यति सन्तुष्ट देखिदैनन्, जुनसुकै कार्यक्रममा पनि प्रायः प्रवासमा नेपालको राजनिती गर्नेहरुको उपस्थिती गराईने र भाषण गर्ने मौका दिने अनि त्यही नेपालको गन्धा राजनितीको बारे अनावस्यक भाषण सुन्न कार्यक्रममा सहभागीहरु बाध्य हुनुपर्ने भएकोले आजकल यस्ता सांगेतिक देखि विभिन्न सामाजिक संघ, संस्थाहरुले आयोजना गर्ने कार्यक्रममा सहभागीहरुको उपस्थिती उल्लेखनियरुपमा हुन छोडी सकेको छ ।
खासगरि अनावस्यक आसन ग्रहणको मञ्चमा ओईरो, खाँदा र लामो भाषणले गर्दानै यस्ता कार्यक्रमहरुको आकर्षण घटेको सबैले महशुष गरिरहेका छन् र विभिन्न भेटघाटमा समेत यसबारे नेपाली समुदायमा चर्चा, परिचर्चा चल्ने गरेको छ । अव यसखाले चलनमा केही नयाँपन ल्याउनु आवस्यक छ । विशेषगरि खाँदाको मान, सम्मानको प्रचलनमा अवमुल्यन नहुने गरि कार्यक्रम गरौ, सांस्कृतिक महत्वलाई कायम हुनेगरि खाँदाको प्रयोग गरौ, अनावस्यक आसन ग्रहण, सम्बोधन एवं भाषणलाई कम गरौ, यसलाई छोट्याएर मुख्य कार्यक्रमलाई प्राथमिकता दिने गरौ ।
राजनितिक भाषण गर्ने सभा रहेछ भने पनि यस्तो मञ्चमा आसन ग्रहण गराउने संख्या र सम्वोधन छोटो गर्ने र भाषण पनि सान्दर्भिक विषयवस्तुमा केन्द्रित रहेर छोटो, मिठो गर्ने प्रचलन चलाउ । खासगरि यस्तो मञ्चमा आसन ग्रहण गराउने, खाँदा ओडाउनै पर्ने हो भने दुई-चार जना मुख्य व्यक्तीलाई सबैको प्रतिनिधीत्व हुने गरि त्यस्तो काम गरौ, हैन भने समय र कार्यक्रमको सान्दर्भिकतालाईनै ओझेल पर्ने गरि त्यस्तो कार्यक्रम संचालन प्रकृया नअपनाउ ।
अर्को एउटा उठाउनै पर्ने कुरा के भने प्रत्येक जसो नेपाली कार्यक्रम नेपालमै वा विदेशमा पनि संचालन हुने क्रममा उद्घोषकाले कार्यक्रम संचालन गर्दा र वक्ताले भाषण वा मन्तव्य दिंदा सबै भएभरकालाई नाम र पद सहित सम्बोधन गरि ज्यु, हजुरी गर्ने जुन प्रचलन छ त्यसमा सुधार गर्नु जरुरी छ । जस्तो की उदाहरणको लागी कुनै कार्यक्रममा केही वक्ताले मन्तव्य दिदा यसरी सम्बोधन गर्दा समयको वचत र कार्यक्रम पनि खल्लो नहुन सक्छ, वक्ता मञ्चमा पुगेपछि डेस्कबाट सम्बोधन गर्दा यसरी गर्न सक्छ – आदर्णिय कार्यक्रमका सभापति ज्यु, प्रमुख अतिथी, अतिथी, मञ्चमा आसिन महानुभावहरु र कार्यक्रममा उपस्थित सम्पुर्ण महानुभावहरु( दाजुभाई, दिदीवहिनीहरु, आमाबुवाहरु) । अझै छोटो गराउने भए-आदर्णिय यस सभाका सभापति ज्यु, मञ्चमा आसिन महानुभाव र कार्यक्रममा उपस्थित सम्पुर्ण महानुभावहरु ।

यसरी सम्बोधन गर्दा सम्पुर्ण मञ्चमा आसन ग्रहण गरेकाको नाम छुट्ने संभावना पनि रहदैन र सम्बोधनमा बढी समय पनि लाग्दैन र मञ्चमा बस्ने कसैले मेरो नाम सम्बोधन गर्न छुटायो, अघि भन्नुपर्ने पछि भन्यो भन्ने टिकाटिप्पणी पनि संभावना रहदैन । यसरी अवका दिनमा कार्यक्रम मर्यादित र आकर्षण बनाउनको लागी आसन ग्रहण, खाँदा, सम्बोधन प्रकृया लगायत कुराहरुलाई विशेष ध्यान दिएर अनावस्यक प्रथाहरुमा सुधार ल्याउनु पर्ने र कतिपय सांगेतिक कार्यक्रम, विभिन्न सांस्कृतिक कार्यक्रम, प्रदर्शनीहरु, खेलकुद लगायतका कार्यक्रमहरुमा अनियन्त्रितरुपमा खाँदा र भाषणलाई हटाउँदानै त्यस्ता कार्यक्रम आकर्षक हुन सक्छन् ।

यति भनिरहँदा पुर्णरुपमा भाषण र खाँदा प्रथालाई हटाउने भन्दा पनि समयसापेक्ष कार्यक्रमको ढाँचामा परिवर्तन गरौ भन्न खोजिएको हो । भाषण र खाँदा प्रथाको विरोध गर्न खोजिएको हैन । कुन कार्यक्रममा भाषण र कुन अवसरमा खाँदा प्रयोग गर्ने त्यसलाई बुझेर व्यवस्थित गर्न लागौ भन्न मात्र खोजेको हो । हैन यसरीनै भाषण र खाँदा प्रथालाई प्रशय दिन्छौ र यसलाई व्यापक बनाएर नेपाली दुषित राजनितीकै तवरमा अगाडी बनाउँछौ भनिन्छ भने “भाषण र खाँदा प्रथाको जय होस् ” अन्यथा यसलाई मर्यादित र सम्मानित बनाईन्छ भने यसलाई हार्दिक सलाम छ ।
अत: सामाजिक, धार्मिक, सांस्कृतिक, राजनितीक जुनसुकै कार्यक्रममा पनि उचित तवरबाट भाषण प्रथा र खाँदा प्रथालाई प्रयोगमा ल्याउने काम गरौ अनावस्यक सस्तो लोकप्रियताको रुपमा प्रयोग नगरौ भन्ने अनुरोध छ ।

बाल्टिमोर, मेरिल्याण्ड, अमेरिका

स्विजरल्याण्डमा `मह जात्रा` सम्पन्न

mah

नेपालका गहनाका रुपमा लिईने हास्य कलाकार “मह” जोडी कार्यक्रम २८ मे शनिबारका दिन स्विजरल्याण्डको जेनेभामा सफलताका साथ् सम्पन्न भएको छ । कार्यक्रममा मह जोडी लगाएत अन्य कलाकारहरु यमन श्रेष्ठ, मोहित आचार्य, नरेन्द्र कंसाकार र माण्डवी त्रिपाठी को पनि बिशेष सांस्कृतिक प्रस्तुति रहेको थियो ।

हाँस्य कलाकार मह जोडीले सदैव नेपालको समय परिस्थिति, नेपालको राजनीति लगाएत विभिन्न बिषयलाइ मध्यनजर गर्दै संदेशमुलक र जन चेतना मुलक कार्यक्रमहरु हाँस्य र व्यंज्ञात्मक तवरले प्रस्तुत गर्दै आएका छन् ।

यसै क्रममा नेपालमा हालसालै भएका समस्याहरु : राजनीतिक पदमा खिचातानी ,विभिन्न शक्तिको प्रयोग गरि दादागिरी गर्ने , जातीय विभाजन गरि देशलाइ बिभिन्न प्रदेशमा टुक्र्याउन खोजिएको जस्ता बिषयबस्तुलाइ हाँस्य र व्यंज्ञात्मक तवरले प्रस्तुत गर्दै नेपाली जनताहरुको भूमिका अव कस्तो हुनुपर्छ भन्ने संदेश दिंदै कार्यक्रममा मह जोडी लागाएतका कलाकारहरुले भरपुर मनोरंजन प्रदान गरेका थिए l

मह जोडी लगाएत अन्य कलाकारहरुको प्रस्तुति स्विटजरल्याण्डको जेनेभा र राजधानी बर्नमा रहेको थियो । २८ मे शनिवारका दिन जेनेभामा निता कपुरका साथै जेनेभाबासि नेपालीहरुले आयोजना गरेको उक्त कार्यक्रममा स्विसबासि नेपालीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमको संचालक जेनेभाबासि नेपाली श्याम सापकोटाले गरेका थिय भने स्विटजरल्याण्डका लागि नेपाली राजदुत दिपक धितालले उपस्थित सबैलाई स्वागत तथा धन्यवाद ज्ञापन गरेका थिय । हरेक जसो कार्यक्रममा हुने आसन ग्रहण र पत्यारिलो भाषणको अन्त्य गर्दै स्विटजरल्याण्डका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थित रहेता पनि आसन ग्रहण र भाषण बिना नै कार्यक्रम सुरु गरिएको थियो ।

mah 3
त्यसै गरि २९ मे आइतवारका दिन स्विटजरल्याण्डको राजधानी बर्नमा एन आर एन ए स्विसद्वारा आयोजना गरिएको `मह जात्रा ` कार्यक्रममा भने अपेक्षा गरे भन्दा धेरै कम संख्यामा दर्शकहरुको उपस्थिति रहेको थियो । एन आर एन ए स्विसद्वारा “नेपालको शैक्षिक क्षेत्रमा एनआरएनए स्विजरल्याण्डको साथ् ” भन्ने नारा दिई आयोजना गरिएको उक्त कार्यक्रम एन आर एन ए स्विसका महा सचिव भुमि गुरुङले संचालन गरेका थिए । स्वागत मन्तब्य संघका सचिव फडिन्द्र पन्त ले गरेका थिय भने दोश्रो चरणको कार्यक्रम संघका सदस्य गुणराज शर्माले संचालन गरेका थिय । सोहि दिनमा “एभरेस्ट डे” भएकोले “एभरेस्ट डे”को उपलक्ष्यमा नेपालको पर्यटन क्षेत्रमा लागि परेका पर्यटन ब्यबसायी स्विसबासि नेपाली कमल भट्ट द्वारा लेखिएको शुभकामना संदेश पढेर सुनाइएको थियो ।

mah 2

“मह” जोडी लगाएत सांगेतिक टोलीले अहिलेसम्म नर्वे, फिनल्याण्ड, डेनमार्क, पोल्याण्ड, स्विडेन, स्पेन , फ्रान्सका विभिन्न सहरहरुमा कार्यक्रम गरिसकेका छन्।

स्रोत : स्विस नेपाल डटकम

सन् फ्रान्सिस्कोकोमा शान्तिको संदेश दिदै शान्ति पदयात्रा सम्पन्न

ca 1

              भगवान गौतम बुद्धको २५६० औ जन्मदिनको उपलक्ष्यमा गत मे २८ शनिबारअमेरिकाको पर्यटकीय शहर सन् फ्रान्सिस्कोकोमा ३ औ शान्ति पदयात्रा सम्पन्न भयो l

सन् फ्रान्सिस्कोकोमा शान्तिको संदेश दिदै शान्ति पदयात्रा सम्पन्न

ca 1

भगवान गौतम बुद्धको २५६० औ जन्मदिनको उपलक्ष्यमा गत मे २८ शनिबारअमेरिकाको पर्यटकीय शहर सन् फ्रान्सिस्कोकोमा ३ औ शान्ति पदयात्रा सम्पन्न भयो l नेपाल र नेपालीको पहिचानका साथ शान्तिको संदेशद्वारा लुम्बिनीलाई विश्वमा स्थापित गर्ने उदेश्यका साथ बुद्ध नेपाल शान्ति फौण्डेसन क्यालिरोर्नियाको आयोजनामा उक्त पदयात्रा कार्यक्रम भएको हो l

बे-एरियाका संघसंस्थाहरु साथै लस एञ्जलसका नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको उक्त पदयात्राको संयोजक संस्थाका उपाध्यक्ष चिनकाजी श्रेष्ठ तथा मुख्य अतिथि सान डिएगोको लागि बाणिज्य राजदूत ऋषि ढकालले गर्नु भएको थियो।

ca 4

पदयात्रामा विभिन्न नेपाली भेषभूषा र नेपाली प्रौराणीक लाखे नाँचले नेपालको सुन्दर संस्कृतिहरुको पहिचान बिदेशी भूमिमा दर्शाई रहेको थियो भने बुद्ध र लुम्बिनी भएको ब्यानरले नेपाल बुद्धको ठाउँ शान्ति क्षेत्र भन्ने संदेश दिईरहेको थियो। पर्यटकिय शहर सन फ्रान्सिस्कोमा धेरै पर्यटक तथा अमेरिकनहरुले पदयात्रा प्रति अभिरुचि देखाई तस्बिर तथा भिडियोहरु खिचेका थिए l

उक्त पदयात्रालाई सफल बनाउँन बिशेष भूमिकाको योगदानको कदर गर्दै प्रेम गुरागाई लाई सम्मान गरिनुको साथै लस एञ्जलसदेखि आउँनु भएका पुर्व एनआरएन केन्द्रिय सदस्य राजेन्द्र सिवाकोटी, समाजसेवी बलराम थापा, पत्रकार पुरुषोत्तम ढकाल तथा अन्य समाजसेवी एवं कार्यक्रमका स्वयंसेवकहरुलाई प्रसंसा पत्रले सम्मान गरिएको थियो l

ca 11

उक्त कार्यक्रमको प्रायोजक वोर्ल्ड फ़ाईनन्स ग्रुप, हिमालयन किचेन सन्निभेल तथा फोकस फ़ाईनन्सियलले गरेक थिए भने तस्बिर सौजन्य समाजसेवी गोबिन्द शाही एवं अन्य साथीहरुले गरेका थिए l

संस्थाकी कोषाध्यक्ष बिष्णु गुरुङ “एकता” द्वारा उपस्थित भेलालाई स्वागत गर्दै शान्ति जुलुस युनियन स्क्यरबाट शुरु हुदै मुख्य बाटो मार्केट पुगेर पावल स्टेशनमा केहीछिन लाखे नाँच प्रदर्शन गरेर एक चक्कर मार्दै फेरी युनियन स्क्यरमा आएर औपचारिक सभामा परिणत भएको थियो।

ca 7

संस्थाका महासचिब सुनिल राजकर्णिकार र कोषाध्यक्ष बिष्णु गुरुङ “एकता” ले सयुक्त रुपमा संचालन गरेको उक्त औपचारिक कार्यक्रममा मन्तब्य ब्यक्त गर्दै एनआरएन अमेरिका च्याप्टरका अध्यक्ष पूर्ण बानियाँले जात र धर्म भन्दा माथि उठेर शान्ति र लुम्बिनी बिकासको उदेश्यमा सारा नेपाली एक हुनु पर्ने धारणा राखे भने एनडब्लुजीएन क्यालिफोर्नियाको प्रतिनिधित्व गर्दै गीता डंगोलले नेपाली संकृतिलाई बिदेशमा शान्तिको संदेश दिदै चिनाउन पाउँदा अति खुशी भएको कुरा ब्यक्त गरिन।

त्यस्तै, एनआरएन अमेरिकाका उपाध्यक्ष डिल्लीराम भट्टराईले शान्तिको संदेश दिने महानकार्यलाई विश्वव्यापी गर्नु पर्ने धारण व्यक्त गरे। सम्मान पत्रले सम्मानित प्रेम गुरागाईले यस्तो महान कार्यक्रमलाई शान्तिका लागि नोबेल पुरुस्कार बिजेताहरुलाई आमन्त्रण गरि अझ वृहत बनाउन सकिने सुझाव दिदै आयोजक कमिटिलाई धन्यबाद गरे।

ca 3

संयोजक चिनकाजी श्रेष्ठले पदयात्राको उदेश्य एवं यसमा साथ र समर्थन दिनेहरुलाई धेरै धन्यबाद ज्ञापन गरे भने मुख्य अतिथि ऋषि ढकालले यस्तो कार्यक्रमले बिदेशमा नेपाल र नेपालीको पहिचानको साथै लुम्बिनीलाई बिशेष गरि धार्मिक पर्यटकिय स्थालको रुपमा बिकास गर्न ठुलो टेवा पुग्ने र आउदो दिनहरुमा यसलाई अझ व्यवस्थित गरि वृहत रुपमा मनाउनु पर्ने धारण व्यक्त गरे।

अन्त्यमा सँस्थाका अध्यक्ष डा. किशोर शेरचनले ब्यानरमा अंकित मायादेवीको मन्दिर, अशोका स्तम्ब, शान्तिको स्तूपा तथा बुद्ध नेपालमा जन्मेका हुन् भन्ने चित्रको उल्लेख गर्दै सबैमा हृदयदेखि धन्यबाद व्यक्त गरे साथै आउदा दिनहरुमा सबैको सहयोगले यस कार्यक्रमलाई अझ वृहत बनाउन सकिने कुरामा विश्वाश रहेको धारण राख्दै कार्यक्रमलाई बिधिबत रुपले समापन गर्नु भएको थियो।

ca 5 ca 9 ca 6

ANS राजदूत कप् फुटबलप्रतियोगिताको Final गमे वाशिंगटन डिसी

वाशिंगटन डिसी ,अमेरिका नेपाल सोसाईटीले आयोजना गरेको सातौ अम्बास्डर कप फुटबल प्रतियोगिता २८ र २९ गते संचालन भएको खेल आज समाप्त भएको छ l

आज भएको अन्तिम प्रतिस्प्रद्धा संस्थाका अध्यक्ष जीवन तिवारीको अध्यक्षता भएको थियो भने उक्त खेलमा एएनएका पूर्व उपाध्यक्ष मेदिनी अधिकारीको प्रमुख अतिथ्यमा सम्पन्न भयो l आज भएको अन्तिम खेलमा एनवाईएफसी न्युयोर्कले प्रथम स्थान हासिल गरि अम्बास्डर कप प्राप्त गर्न सफल भएको छ l बिजेता समुहले १ हजार डलर नगद तथा द्वितीय हुने बाल्टिमोर एथलेटीक क्लब ले ५ सय डलर नगद प्राप्त गरेको थियो lखेलको मुख्य संयोजन चन्द्र लामाले गरेका थिए भने पुरस्कार वितरण को कार्यक्रम संचालन पूर्व राष्ट्रिय खेलाडी बिना लामाले गरेकी थिइन् l

अम्बा स्डर कप फुटबल प्रतियोगितामा ५ वटा फुटबल समुहले भाग लिएका थिए l दुई दिन देखि भएको उक्त प्रतोयोगितामा राजन अधिकारी ,कमल भुसाल ,प्रेम पौडेल ,यसोधा भण्डारी ,मधु भण्डारी तथा बिश्व राज थापाले खेल सफल बनाउन सहयोग गरेका थिए l

गायिका इन्दिरा जोशीको Dance प्रस्तुति

स–सना काम टिपेर समृद्ध बन्ने सपना कहिले देख्ने हामी नेपालीले ?

chanda thapa

मकवानपुर चित्लाङका राजकुमार अधिकारीले राजधानीमा मिस्त्री काम गरेर महिनाको ४० हजार रुपैयाँ कमाउँछन् । काभ्रेका कृष्ण परियार दाइ र भाउजुले राजधानीका कालोपुलको छेउँमा एउटा सिलाइ मसिन राखेर महिनामा ३० हजार कमाउँछन् । कृष्ण दाइ भन्दै थिए “असनमा ६ महिने सिलाइ बुनाइको तालिम लिएर सुरुवात गरेको हुँ । म त बिहान मात्र हो, अन्त पनि काम गर्न जान्छु । भाउजुले अझै धेरै कमाउँछिन दिनभर यहि बसेर ।” उनले दुइ छोरालाई कलेज पढाएका छन् ।

चाबहिलको सिफलमा दिनभरी फलफुल बेच्ने गुल्मी धुर्काेटका दाइले फलफुल बेचेरै बुटवल र सालझण्डीमा दुईवटा घर बनाइसकेका छन् ।

गाउँमा साथीहरु भन्दै थिए, स्कुल बन्न लागेको छ हामीहरु काममा लाग्यौं । महिलालाई दिनको ३०० दिन्छ (महिनाका ९ हजार) पुरुषलाई ५०० (महिनाको १५ हजार) दिन्छ । अहिलेको सिजनमा लिची, आप बेच्नेले दिनभरीमा सबै खर्च कटाएर ५ सय रुपैयाँ भन्दा बढी दैनिक कमाउँछन् । भारतको बिहार र अन्य जिल्लाबाट राजधानी र बाहिरी जिल्लामा बसेर गाडा र साइकलमा तरकारी र फलफुल बेच्नेहरुले, चना चटपटे र मकै पोल्नेले पनि महिनाको ३० हजार भन्दा बढी कमाउँछन् ।

तर, हामी धेरै नेपाली युवा जमात दलाललाई लाखौ रुपैयाँ बुझाएर त्यो भन्दा पनि गए गुज्रेको कामका लागि खाडी र मलेसिया पुगेका हुन्छौं । जहाँ ज्यानै गुमाउने जोखिम समेत मोल्न तयार हुन्छौं । अनि देशमा रोजगारको अभाव र रोजगारी पाएपनि पैसा नबच्ने भन्छौं । अब भन्नुस त, खाडी र मलेसियामा बसेर मजदुरी गरेर कमाएको पैसा उत्पादनको ठाउँमा कहाँ लगानी भएको छ ? अहिले सम्मको कमाइ (रेमिट्यान्स) केवल पारिवारीक खर्चमै सिमिति छ । देशमै स–साना काममा हात हालेर सन्तुष्ट हुन सक्ने हो भने परिवारसँगै बसेर सुख दुःखले दिनभर जोहो गरेको कमाइले साझ विहाँनको मिठो छाक खानु पाउनुमा नै जीवन र जिन्दगी छ जस्तो लाग्छ मलाई ।

कृष्ण परियार दाइ भाउजु, राजकुमार अधिकारी र त प्रतिनिधि पात्र मात्र हुन । खोजि नभएका र समाजका अगाडि नआएका यस्ता धेरै पात्रहरु समाजभित्र लुकेर बसेका छन् । जसले आफ्नै देशमा पसिना बगाएर परिवारसँगै बसेर बिहाँन बेलुका मिठो मसिनो खाएर पौरख गरेर बसेका छन् ।

भनिन्छ, अमेरिका र युरोप र खाडीमै पनि हातमा पढाइको सर्टिफिकेट हुनेहरुको भन्दा पनि बढी काम गर्ने सक्नेको महत्व हुन्छ । उनीहरुले नै धेरै पैसा कमाउँछन् । अहिले लाग्छ, हाम्रो देश पनि त्यस्तै भएको हो की यहाँ जसले मेहनत गर्छ, कामको सम्मान गर्छ अनि कामलाई पुजा गर्छ उसैले धेरै पैसा कमाएको छ ।

तितो यर्थात देश पुननिर्माणको क्रममा छ । तर, बाटो बनाउने देखी घर बनाउनेहरु धेरै बाहिरी देशबाट आएका मजदुरहरु देखिन्छन् । यहाँ कम्प्युटर विग्रिएर बनाउने कम्प्युटर इन्जिनियर भनेको समयमा पाइदैन्, इलेक्ट्रिीसियन भनेको समयमा पाइन्न, ढल पाइप फुट्यो भने बनाउने पलम्बर समयमा पाइदँैन । तर इलेक्ट्रोनिक पसलमा फोन ग¥यो भने भारतीय इलेक्ट्रीसियन १० मिनेट भित्र सर्भिस दिन आइदिन्छन् । १०– १२ दिनदेखि मान्छे नपाएर थातिरहेको काम १० मिनेटमा गरिदिएर १० मिनेटको २ सय भन्दा बढी शुल्क लिएर जान्छन् । अझै समान पनि आफैले लिएर आउनेले समानबाट पनि मनग्य कमाउन सक्छन् ।

आफूलाई परेको बेलामा समयमा आएर काम गरिदिनेलाई सम्मान गर्नैपर्ने हुन्छ । अब भन्नुस, यस्तै सर्भिस हामी नेपालीबाटै लिन पाइने भए के हाम्रो परिवार समाज अनि देशभित्र आर्थिक समृद्धि गर्न बेर लाग्थ्यो र ? के खाडीको ५० डिग्रीको तातो घाममा बसेर देश अनि परिवार सम्झेर काम गर्नु पथ्र्यो र ? देशमा स्थिरता भएन भनेर भन्ने हामीले आफू स्थिर आफु रहने बानीको विकास कहिले गर्ने हो ? आफ्नो देशको पैसा बिदेशीन नदिएर आफ्नै देशमा उपयोग गराउन सक्नुपनि देशको समृद्धिमा टेवा पुग्छ ।
सोहि सन्दर्भमा कृष्ण दाइ भन्छन् “खाडीबाट लाहुरे बनेर आउँछन्, दुइचार महिना रमाइलो गर्छन अनि फर्कन्छन्, त्यति मात्र भएको छ खाडी र मलेसियाको बैदेशिक रोजगार अनि कमाई ।

काठमाडौंको गोठाटारकी जयकलाले टमाटर फार्ममा प्लाष्टीकको टनेला बनाउने मान्छे नपाएर विरुवालाई पानीले खाइसेको बताउँछीन् । कमलपोखरीमा वि एण्ड वि फर्निचर चलाएर बस्ने स्याङजाका एक व्यवसायीले नेपालमा कामदार पाउनै छाडेको बताउँछन् । काम गर्न आएपनि मेरो बाउको के जान्छ र मैले यसको काम नगरिदिएर भन्ने कामदारको मानसिकताले आफू आजित भएको समेत बताउँछन् उनी ।

यतिधेरै संभावना हुँदा हुँदै पनि हामी बेरोजगार छौ । भन्छौ, संभावना छैैन । नेताहरुले केहि गरेनन् । अनसन बस्छौं । अनि बाध्यताले विदेश लागेको भन्छौं । तर, देशमा रोजगारी अभाव भनेर कराउनेहरु पनि आफ्नै अगाडि बिहारी नागरिकले पसिनाको धारा चुहाउँदै साइकलमा फलफुल, तरकारी बेचेर हिड्दा क्यारमबोर्ड र तास खेलेर बस्नेहरुको जमातको कम छैन हाम्रो समाजमा । त्यसैले कामको सम्मान गरेर देशको माटोमा धेरै गर्न सकिन्छ भनेर स–सना काममै आफ्नो समृद्धिका साथै देशको पनि समृद्धि हुन्छ भन्ने सपनाले हामीलाई नेपालीलाई कहिले सताउँला ?

बोस्टन तामाङसमाजद्धारा धुर्मुस–सुन्तलीलाई ६ लाख सहयोग

boston

हास्य कलाकार सिताराम कट्टेल (धुर्मस) र कुन्जना घिमीरे (सुन्तली) को एकिककृत बस्ति अभियानलाई अमेरिकाको बोस्टनमा रहेका तामाङहरुले ६ लाख आर्थिक सहयोग गरेका छन् ।

बोस्टन तामाङ समाजका अगुवा सुवास तामाङ “गोले” को संयोजकत्वमा संकलन गरिएको उक्त रकम मानिक लामा, बिजय तामाङ, प्रेम तामाङ लगायत बोस्टनमा रहेका मनकारी तामाङ समुदायले सहयोग गरेका हुन् ।

उक्त रकम २८ मइका दिन बोस्टनबाट विजय तामाङ र जितेन्द्र श्रेष्ठले सिताराम कट्टेल र कुन्जना घिमीरेको नाममा प्रभुमनि ट्रान्सफरबाट पठाइएका हुन् । भूकम्पपछिको पुनर्निर्माणमा स्वस्फुर्तरुपमा लागिरहेका हास्य कलाकार धुर्मस सुन्तलीले यसअघि काभ्रेको डाँडा गाउँमा भूकम्पपीडितका लागि विभिन्न संघ संस्था र मनकारी व्यक्तिहरुको आर्थिक तथा भौतिक सहयोगमा एकिकृत नमुना बस्ति बनाइसकेका छन् ।

हाल उनीहरुले मेलाम्ची ८ को गिरानचौरमा एकिकृत बस्ति अभियान स्वरुप ६५ घर निर्माणमा लागेका छन् । एक घर, एक धारो, एक चर्पि, एक बगैचा लगायतको संरचना निर्माण गरेर भूकम्पपीडित स्थानीयलाई हस्तान्तरण गरिने पनि जनाइएको छ ।

उनीहरुले यस अभियानमा आर्थिक तथा भौतिक सहयोग गर्न पनि देश तथा विदेशमा रहेका नेपालीहरुलाई अनुरोध गरेका छन् ।

बेलायतमा गेर्खाकपको उपाधि क्वीन्स गोर्खा सिग्नल्स रेडले चुम्यो

g1

रोशन मेवाहाङ्ग
लण्डन, जेठ १६,२०७३ । नेपालबाट धेरै टाढाको देश प्रवासी भूमिमा रहेपनि बेलायतमा नेपाली फुटबल विगत १४ बर्ष देखि चर्चित र आकर्षण बन्दै आएको पाईन्छ । अल्डरसट स्थित क्वीन्स एभिन्यू सैनिक ग्यारिजनको रंगशालामा आईतबार सम्पन्न प्रतियोगिताको उपाधि क्वीन्स गोर्खा सिग्नल्स रेडले चुम्न सफल भएका छन् ।
तमुधि बेलायतकोे प्रायोजनमा हरेक बर्ष हुने गोर्खाकप प्रतियोगिताको यो बर्ष १४ औ संस्करण हो । बेलायतको नेपाली समुदायमा आयोजना हुने सबै भन्दा पुरानो र चर्चित मानिने गोर्खा कप यो बर्षको प्रतियोगितामा मुख्य टिम ३२ र भेट्रानतर्फ १० टिमले प्रतिस्पर्धा गरेका छन् । करिब नेपाली रुपैयाँ ८० लाख खर्च हुने अनुमान गरिएको गोर्खा कप खेलको नतिजा हेर्न मात्र नभएर, विशेष प्रेमी प्रेमिका, ईष्टमित्र,आफन्त र हितैसी दौंतरीहरु समेत भेटघाट गरिने गोर्खाकपमा झण्डै १५ हजार दर्शक प्रत्येक बर्ष सहभागी रहने आयोजकले जनाएको छ ।

1464577966512

मुख्य समुहको नतिजा;
सैनिक ग्यारिजनको परिसरमा आईतबार विहान ९ बजेबाट शुरु गरिएको लिग खेलबाट छनौट हुदै फाईनल खेलमा क्वीन्स गोर्खा सिग्नल्स रेड र वि १३ विच प्रतिष्पर्धा भएको थियो । प्रतियोगिताको ३५औ मिनटमा जीवन गुरुङले खेलको निर्णय गोल गर्दै वि१३ लाई २–१ ले पराजित गदै क्वीन्स गोर्खा सिग्नल्स रेडले १४ औ संस्करण गोर्खाकपको उपाधि चुमेको हो । उक्त प्रतियोगिताको सर्वाधिक उत्कृष्ट खेलाडी क्वीन्स गोर्खा सिग्नल्स रेडका गमबहादुर गुरुङ्ग म्यान अफ दि म्याच र सर्वाधिक बढि गोल गदै वि१३ का प्रदिप गुरुङ्ग घोषित भएका छन् ।
आयोजक तमुधिं यूकेका अध्यक्ष रामचन्द्र गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि रसमोर मेयर ज्याकी भर्षल, विशेष अतिथी लन्डनस्थित कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री, एनआरएन बेलायतका अध्यक्ष मुछेत्र गुरुङ, उपाध्यक्ष हिराधन राई, किरात राई यायोख्खा बेलायतका अध्यक्ष पदमबहादर राई, मेजर योगेश राई, रोजिहिरा फाउण्डेशनका महासचिब रोजिना प्रधान राई, र फोटो पत्रकार पवन राई (रसुट) लगायत सर्वसाधरण करिब १५ हजार उपस्थित रहेका थिए ।

g5
भेट्रान समुहको नतिजा;
३२ प्रतिस्पर्धी समूहले भाग लिएको सो प्रतियोगितामा मुख्य र १० भेट्रानगरि ४२ टिमले प्रतिस्पर्धा गरेका उक्त प्रतियोगितामा भेट्रानतर्र्फ एफसी केन्टले ईलाम एफसीलाई २–१ ले पराजित गदै पहिलो स्थान हात पार्न सफल भएको हो । भेट्रानतर्फ विजेता टिम एफसी केन्टले नेपाली रुपैयाँ १ लाख ५९ हजार र उपविजेता टिम ईलामले १ लाख ११ हजार नगद , कप तथा प्रमाण–पत्र प्राप्त गरे । प्रमुख विजेता टीम क्वीन्स गोर्खा सिग्नल्स रेडले ३ लाख १५ हजार र उपविजेता ईलामले १ लाख ५९ हजार साथै मेडल तथा प्रमाणपत्र पाएका थिए । विजेता तथा उपविजेता टीमलाइ प्रमुख अतिथी रसमोर मेयर ज्याकी भर्षल र आयोजक तमुधिं यूके अध्यक्ष रामचन्द्र गुरुङ र गोर्खाकपका प्रमुख संयोजक (रि) क्याप्टेन पितम्बर गुरुङ लगायतले फुटबल प्रतियोगिताको समापन समारोहमा पुरस्कार वितरण गरेका थिए ।

सुपर भेट्रान समुहको नतिजा;
आयोजकले ५० वर्ष उमेर काटेका समूह सुपर भेट्रान टिमबीच पहिलोपटक गोर्खाकपमा प्रतिस्पर्धा गरिने घोषणा गरपनि विशेष कारणले प्रतिस्पर्धा हुन नसकेको उक्त सुपर भेट्रान टिमको संयोजन तमुधिं यूके सल्लाहकार भुपेन्द्र गुरुङले जानकारी गराएका हुन् । नन भेट्रान टिमको पहिलो पुरस्कार एभरेष्ट मनी ट्रान्सफर कम्पनी र भेट्रानको पहिलो पुरस्कार हङकङका व्यवसायी एवं एनआरएनए सल्लाहकार त्रिलोक गुरुङले प्रायोजन गरेका हुन् । म्यान अफ दि म्याच खेलाडीलाई तमुधिं यूकेले दिने ट्रफी बाहेक प्रशान्त थापा र शिव गुरुङले बेग्लै ६० हजार नेपाली रुपैयाँ बराबरको पुरस्कार प्रायोजन गरेका थिए ।

प्रतियोगिताको मुख्य आकर्षण;
अल्डरसट सैनिक ग्यारिजनका चिफ अफदि आर्मी स्टाफ पाराजम्पर मेजर रुद्र शाहीको नेतृत्वमा पारासुट प्रदर्शन गत बर्षबाट जम्प गर्न सुरुवात गरिएको हो । गोर्खा कपको थप मुख्य आकर्षण गराउदै पारासुटबाट नेपाल, बेलायत र तमुधिंको झण्डा फर्रफराउदै पाराजम्परहरु रंगशालाको सहि निशानीमा झरेका दृश्य दर्शककालागि मुख्य आकर्षण रहेको बताउँछन ।

g4
खेल समापन लगत्तै मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमको सुरुवातमा गोर्खा व्रिगेड व्यान्डको विशेष प्रस्तुती, नेपालीपन झल्किने सांस्कृतिक नृत्य, खुकुरी नाँच, मार्सल आर्ट, तेक्वान्दो प्रदर्शनका केहि कौशल , अन्य ५०औ च्यारिटी तथा व्यापारिक स्टलहरु गोर्खा कपका आकर्षण रहेका थिए । नेपाली मेलाको रुपमा मानिने कार्यक्रमलाई नेपाली दूतावास लण्डन, ब्रिगेड अफ गोर्खाज, नेपाली समुदाय , गैर आवासीय नेपाली संघ बेलायत र रसमोर बरो काउन्सिलले साथ दिदै आएका छन् ।

g3
बेलायतमा रहेका प्रत्येक नेपालीहरु, भावि सन्ततीहरु लगायत बृद्वबृद्वा, छोरीचेलीहरु र आफ्न्तहरुमाझ भेटघाट गर्ने शुभ अवशर मिलोस भन्ने मनसायले उक्त प्रतियोगिता हुदै आएको र खेल प्रेमीहरुको खेलमा प्रगती होस साथै खेल खेलेर भरपुर मनोरन्जन मिलोस भन्ने उदेश्यले हरेक बर्ष भेटघाट मनोरञ्जन तथा प्रतिस्पर्धात्मक फुटबल खेल प्रतियोगिताको आयोजना गदै आएको गोर्खाकपका प्रमुख संयोजक (रि) क्याप्टेन पितम्बर गुरुङले बताए ।

कवि, गीतकार तथा गायक सुरेन्द्र महर्जन “अमर” को तेह्रौं कृति एल्बम अमर-२ को गीत

hqdefault

कवि, गीतकार तथा गायक सुरेन्द्र महर्जन “अमर” को तेह्रौं कृति एल्बम अमर-२ को गीत
“मरेर जल्छु भन्थें जीउँदै जलायो तिम्रो मायाले
जल्दा पीडा छैन ढल्दा पीडा छैन आँधी चलायो तिम्रो मायाले”
शिखा भारतीको सुमधुर आवाजमा संगीतकार सन्तोष श्रेष्ठको संगीतमा तयार भएको उक्त गीतलाई रोशन कुमारले निर्देशन गर्नु भएको छ भने भिडियोमा अदिती र शिवम श्रेष्ठको अभिनय रहेको छ । जिन्दगीमा आएको दु:खसुखका बारेमा हृदयभित्रको वेदना झल्काउने गीत सुन्दा अनि हेर्दा पीडाले पहाडमा पहिरो गए झैं मनमा पहिरो गएको देख्न अनि बुझ्न सकिन्छ । गीतकारको मर्म बुझ्ने गरि गायिकाले अति सुन्दर र सुमधुर आवाजमा गाएको उक्त गीतलाई संगीतकारले अति मिठो संगीत भर्नु भएको छ ।

IMG_3157 IMG_3150 IMG_3149 IMG_3145 IMG_3144 IMG_3143 IMG_3142 IMG_3141 IMG_3139 IMG_3138 IMG_3136 IMG_3134 IMG_3132 IMG_3131 IMG_3130 IMG_3129 IMG_3128 IMG_3127 IMG_3126 IMG_3125 IMG_3124 IMG_3123 IMG_3122 IMG_3121 IMG_3120 IMG_3119 IMG_3118 IMG_3117 IMG_3116 IMG_3115 IMG_3114 IMG_3113 IMG_3112 IMG_3111 IMG_3110 IMG_3109 IMG_3108 IMG_3107 IMG_3106 IMG_3105 IMG_3104 IMG_3103 IMG_3102 IMG_3101 IMG_3100 IMG_3099 IMG_3098 IMG_3097 IMG_3096 IMG_3095 IMG_3094 IMG_3093 IMG_3092 IMG_3091 IMG_3090 IMG_3088 IMG_3086 IMG_3084 IMG_3083 IMG_3082 IMG_3081 IMG_3079 IMG_3071 IMG_3069 IMG_3068 IMG_3067 IMG_3065 IMG_3063 IMG_3062 IMG_3058 DSC09030 DSC09029 DSC09028 DSC09027 DSC09024 DSC09023 DSC09021 DSC09020 DSC09018 DSC09017 DSC09016 DSC09014 DSC09012 DSC09011 DSC09010 DSC09009 DSC09007 DSC09006 DSC09003 DSC08999 DSC08998 DSC08996 DSC08992 DSC08987 DSC08986 DSC08985 DSC08983 DSC08980 DSC08979 DSC08976 DSC08974 DSC08973 DSC08972 DSC08971 DSC08966 DSC08964 DSC08962 DSC08961 DSC08959 DSC08956 DSC08952 DSC08951 DSC08949 DSC08947 DSC08946 DSC08945 DSC08943 DSC08942 DSC08941 DSC08939 DSC08936 DSC08933 DSC08931 DSC08930 DSC08929 DSC08926 DSC08925 DSC08924 DSC08920 DSC08917 DSC08916 DSC08915 DSC08913 DSC08912 DSC08910 DSC08909 DSC08907 DSC08906 DSC08902 DSC08901 DSC08898 DSC08897 DSC08896

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...