Tuesday, May 24, 2016

समाज सेवी डा कार्कीलाई म्यारिल्याण्डका गभर्नरले गभर्नर आयोगमा नियुक्त

1923937_77979695346_558_n

अमेरिकाको डिसी महानगर क्षेत्रको म्यारिल्याण्ड राज्यमा झन्डै चार दशक देखि बस्दै आउनु भएका गैर आवासीय नेपाली संघ अन्तर राष्ट्रियका प्रथम संस्थापक उपाध्यक्ष ,अनेसास गुठीका सभापति ,एनएएन का पुर्व अध्यक्ष ,नेपाल शिक्षा तथा सामुदायिक केन्द्र (एनई सीसी )का गुठि संचालक समितिका सभापति तथा समाज सेवी डा श्याम कार्कीलाई म्यारिल्याण्ड राज्यका गभर्नरले दक्षिण एसियाली मामला सम्बधि हेर्नको लागि उक्त सरकारी आयोगमा नियुक्त गरेको छ l

डा कार्कीलाई म्यारिल्याण्ड सरकारको कार्यालयले जानकारी गराएको छ l वहाले पत्र प्राप्त नगरेता पनि मौखिक जानकारी गराएको बताउदै २-४ दिन मा पत्र प्राप्त गर्ने जानकारी दिनु भएको छ l

यसको साथै डा कार्कीले केहि दिनमा सपथ ग्रहण कार्यक्रम हुने पनि जानकरी गराउनु भएको छ भने यो नियुक्तिले आफु नाकै उत्साहित भएको ईनेपलिजलाई बताउनु भएको छ l

यो सम्मान सम्पूर्ण नेपाली अमेरिकन समुदायले खेलेको भूमिका तथा गरेको समर्पणको कारण सम्भव हुन् गएको बताउनु भएको छ l यो सम्मानले आफु अत्यन्तै कृतज्ञता रहेको छु भन्दै डा कार्कीले आफ्नी जीवन संगिनी इन्दु कार्की ,परिवारका सदस्य तथा सम्पूर्ण समुदायलाई बिशेष धन्यबाद दिनु भएको छ l

I

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...