Thursday, May 26, 2016

अमेरिकामा युवा थापाले पूर्व राष्ट्रपति क्लिन्टनलाई बुद्ध नेपालमा जन्मेको बताए

bill clinton 2

अमेरिकाको क्यालिफोर्निया राज्यमा भएको एक भब्य कार्यक्रममा नेपाली मूलका युवा तथा सामाजिक सेवामा क्रियाशील रहेका प्रकाश थापाले छोटो समयको लागि भेट भएता पनि अमेरिकी पूर्व राष्ट्रपति क्लिन्टनलाई बुद्धको जन्म नेपालमा भएको बताए l

उनले अगाडी क्लिन्टनलाई भने कतिपय संचार माध्यमले गौतम बुद्धको बारेमा गलत प्रचार गरि रहेको जनाकारी समेत गराए l  थापाले उक्त कार्यक्रममा भगवान बुद्ध जन्मेको देश नेपाल लुम्बिनी एक पटक भ्रमण गर्न समेत अनुरोध गर्दै उनले क्लिन्टन लाई बुद्ध धर्म परम्परागत खादा लगाएका थिए l

bill clinton 3

बिशिस्ट व्यक्तिहरु लाई बोलाएको उक्त कार्यक्रममा राष्ट्रिय नेतृत्त्व परिषद सदस्य अजय जैन भुटारियाले स्वागत गरेका थिए lप्रकाश थापा ,ते क्वान्दो खेलाडी तथा गुरु हुन् भने ग्लोबल चलचित्र उत्सवका विश्व नेतृत्वको साथै ह्युमन फर हयुमानिटी एक्सन फर नेसन्सका सभापति पनि हुन् l

थापाले यो भन्दा अगाडी पनि अमेरिकी राष्ट्रपतिकि उम्मेदवार तथा पुर्व विदेश मन्त्रि हिलारी क्लिन्टनलाई पनि भेट गरि बुद्ध नेपाल का हुन् र उनको जन्म नेपालमा भएको जानकारी गराएका थिए l हिलारी क्लिन्टनलाई पनि गौतम बुद्धको जन्म स्थल जान आग्रह गरेका थिए l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...