Thursday, May 26, 2016

निर्देशक प्रशन्न पौडेल अमेरीकामा पनि जम्दै

prasanna

नेपाली संगीत उद्योग मै सवै भन्दा धेरै संगीत भिडीयोहरु सफल निर्देशन गरेका निर्देशक प्रशन्न पौडेल म्युजीक भिडीयोकै निर्देशन गर्ने क्रममा विगत १ वर्षयता अमेरीकामा वस्दै आइरहेका छन । ब्यस्त जिवन शैलीका विचमा प्रशन्नको पनि जीवनशैली निकै ब्यस्त भएको छ ,अमेरीकामा संगीत भिडीयो निर्माणमा । भनीन्छ सक्कली सुनलाई कसी लाउनु पर्दैन ,त्यस्तै अमेरीकी भीडभाडको दौढ धुपमा प्रशन्न ,प्रशन्न मुद्रामै भिडीयोमा ब्यस्त छन ।

लाइमलाइट नेपालको ब्यानरमा नेपालमा भिडीयो उत्पादन गर्दे आएका प्रसन्नले सोही ब्यानरलाई अमेरीकामा स्थापीत गर्ने उदेश्यले लाइमलाइट अमेरीकाको ब्यानरमा भिडीयो गरीरहेका छन । लाइमलाइट युयसय एलएलसि अमेरीकाको कार्यालयमा अचेल नेपाली कलाकारको जमघट हुने गरेको छ । करीव १२ ओटा भिडीयो अमेरीकामै वनाइसकेका प्रसन्नको निक्की कार्कीको जेट उडाउछु घुइघुइ वोलको गीत युटुवमा अत्यधिक लोकप्रिय भएको छ l झन्डै १० लाख भन्दा धेरै दर्शकले हेरेका छन् l

त्यस्तै प्रसन्नले स्काइपवाटै निर्देशन गरेको समीर आचार्य र निक्कीकार्कीको दुनीया वेग्लै छ गीतले नेपाल तथा विदेशमा तहल्का पिटेको छ l करीव ५ लाख वढी दर्शकले हेरेका छन् । यस्तै गरि रामकृष्ण ढकाल ,सत्यराज आचार्य ,स्वरुपराज आचार्य ,यम वराल ,जगदीस समाल ,सोना अमात्य, सुदन गैरे का साथै अनेकौ नया गायक गाइकाहरुलाई प्रशन्नले अमेरीकावाटै नेपाली संगीत उद्योगमा उतारेका छन ।

नेपाली गायक कलाकारहरु अमेरीका पलायन भैरहेको र ब्यस्त जीवन शैलीमा कलाकारीतालाई उचीत समय दिन नपाइरहेको अवस्थामा प्रशन्नको अमेरीका बसाईले सवैलाइ सहज र उचीत वातावरण बनाई दिएको छ । नेपाली समाज तथा नेपालीभाषी भुटनीज समाजमा प्रसन्नले निकै कलाकारीता जन्माएका छन । नेपाली कलाकारको प्रशन्न संगको यो दौड सवैको लागी फलदायक होस l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...