Sunday, May 1, 2016

अमेरिकाको कोलोराडोमा रक्तदान कार्यक्रम सम्पन्न

blood 9

कोलोराडो, बिआरटी नेपाल तथा ब्लड डोनर अफ अमेरिकाको आयोजनामा आज अप्रिल ३० शनिवारको दिन रक्तदानको कार्यक्रम सम्पन्न भएको छ । रक्तदान जीवन दानको अवधारणालाई जोड दिन नेपाली समुदायमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आइरहेका छन् । बोनफिलस बल्ड सेन्टर बोल्डरमा प्राय वर्षको २ पटक बिआरटी नेपाल र ब्लड डोनर अफ अमेरिकाले आयोजना गर्दै आइरहेको छन् ।आज भएको रक्तदानमा (जम्मा १७ जना) नारायण श्रेष्ठ, शरद आचार्य, प्रमोद के सी, रिपेन्द्र कार्की, शैलेश पोखरेल, राजिब थापा, ह्रितिका थापा, रुक पछाई, सरिता पछाई, बिशेश्वोर के सी, नगिना श्रेष्ठ, लुना पौड्याल, टिका पौड्याल, दिनेश कार्की र मणी बस्नेत आदिले रक्तदान गर्नु भएको थियो भने विनोद त्रिपाठी र राजेश उप्रेतीले पहिलो पटक रक्तदान गर्नु भएको थियो । नेपाल वा अन्य देशमा गएको एक वर्ष भित्र रक्दान गर्न नपाईने भए पनि यदि नेपालको काठमान्डौ या हिमाली भेगमा गएको खन्डमा भने रक्दान गर्न सकिने बोनफिलस बल्ड सेन्टरबाट जानकारी प्राप्त भएको छ ।

33

९५ वर्ष पुगेका वृद्ध समेतले अझै रक्तदान गर्ने गरेको जानकारी पनि उक्त सेन्टरबाट प्राप्त भएको छ । रक्दानको लागि आउनु भएको जगत नारायण श्रेष्ठ, मनोज काजी तुलाधर, भुपेन्द्र महत, सुनिता थापा, लछुमन राना आदिले विविध कारणले रक्तदान दिन पाउनु भएको थिएन । अर्को पटकको रक्दान अगस्ट महिनाको तेस्रो हप्तामा गरिने भएको छ ।

29 10

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...