Sunday, May 1, 2016

नयाँ शक्ति नेपाल (घनश्याम नेतृत्व )को रुपन्देही जिल्ला कार्यसमति गठन

naya shakti 2

लामो समयदेखि फेसबुक मार्फत युवाहरूलाई शान्ति निकास बिकास र बिचार मुल नारा सहित संगठित भइरहेको नयाँ शक्ति नेपाल (घनश्याम नेतृत्व )को रुपन्देही जिल्लामा गत बैशाख १८ गते आज जिल्लामा रहेका सकृय सदस्यहरु बसि जिल्ला कमिटी निर्माण गरिएको छ l

उक्त जिल्ला कार्य समिति गठनमा सयोजकमा पृतम मगर ,उप सयोजकमा केशव नेपाल,प्रचार प्रसार तथा जनसम्पर्क प्रमुखमा जीवन खनाल ,विदेश विभाग प्रमुखमा सुरेन्द्र राना मगर तथा संगठन विभाग प्रमुख मा निर्मल मगर रहेका छन् l

यसै गरि प्रमुख सल्लाहकारमा छबि सारु तथा लक्ष्मण पाण्डे रहेका छन् भने अनुसासन प्रमुखमा गणेश थापा तथा राम सिंह थापा रहेका छन् l यसै गरि सदस्यहरुमा मोहन थापा ,रफिका दर्लामी ,प्रकाश थापा ,बुद्ध राज चौलागाईं ,बिमला तिमिल्सिना ,राजुु चौधरी ,बाबुराम गिरि,दिपा नेउपाने ,लक्ष्मी खड्का तथा प्रेमबहादुर चौधरी रहेका छन् l

naya shakti 1

उक्त दिन संगठनले गर्ने भावी योजना र संगठन विस्तार ,अहिलेसम्म अभियानमा भएका गतिविधिको स्मरण सम्बन्धि छलफल गरेको थियो l छलफलमा अभियान्ताहरुले विभिन्न विषयमा छलफल गर्दा कृषिलाई बिशेष जोड दिई कृषि सम्बन्धि तालिम र लगानीको वातावरण बनाउने र युवास्वरोजगार मुलक कार्यहरू आगामी दिनहरुमा जिल्लामा संन्चालन गर्ने प्रस्ताब पनि ल्याएको छ l

naya shakti logo

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...