Monday, May 23, 2016

उल्लेख्य सहभागितामा भव्य बन्यो ‘नेपाल डे परेड’ न्यूयोर्क

B

जन्मभूमि नेपाललाई अमेरिका लगायत अन्य मुलुकहरुमा समेत चिनाउने अभिप्रायले नेपाली अमेरिकन समुदायहरुद्वारा आयोजना गरिएको ‘नेपाल डे परेड’ उत्साहप्रदरुपमा अत्यधिक जनसहभागिताद्वारा भव्यताका साथ सम्पन्न भएको छ । नेपाली महावाणिज्यदूतावास न्यूयोर्कको समर्थन रहेको सो परेडमा महावाणिज्यदूत लगायत अमेरिका न्यूयोर्क लगायत बिभिन्न राज्यहरुबाट नेपाली संघसंगठन तथा समुदाय गरी करिव ६ हजार जतिको सहभागिता रहेको थियो भने न्यूयोर्क सिटीका काउन्सिल मेम्बर अतिथीको रुपमा उपस्थित हुनुभएको थियो ।

D

नेपाल गणतन्त्र दिवसको अवसर पारेर आयोजना गरिएको सो परेड केही वर्षहरु देखि आयोजनाको लागि छलफल हुदै सेलाउदै गरेको थियो भने, यस पटक घोषणा भएपछिका दिनहरुमा न्यूयोर्कका केही संघसंगठनहरु बिच बिवाद र बिरोध रहेको तर अन्तत: अनुमान गरिएको भन्दा अत्यधिक संख्यामा नेपाली जनसहभागितामा सफलतापूर्वक सम्पन्न भएको छ । न्यूयोर्कको म्यानह्याट्टन क्षेत्र (Borough) मा पर्ने ब्रोडवे २९ स्ट्रीट देखि १८ स्ट्रीट सम्मको परेड -याली बिभिन्न समुदायका आ-आफ्नै भेषभुषा र झांकी तथा नाचगानमा नेपाली झण्डा फहराउदै उल्लासपूर्वक अगाडि बढीरहदा बाटोका दुबै साईडमा उभिएका हजारौ स्थानीय अमेरिकन तथा पर्यटकहरुले चासोका साथ अवलोकन गरिरहेका थिए ।

F

नेपाल चिनाउने काममा यो परेडले उल्लेख्य भूमिका खेलेको आयोजक समुदाय तथा सहभागीहरुको विश्वास छ । का. वा. महावाणिज्यदूत कृसु क्षेत्रीले परेड भव्यताका साथ सम्पन्न भएकोमा खुशी व्यक्त गर्नु भयो भने आयोजक कमिटीमा रहेका नेपाल आदिवासी जनजाती महासंघ अमेरिका (FIPNA) का अध्यक्ष लुईसाड्० वाईबा तथा अर्का आयोजक सदस्य मंगलदास श्रेष्ठले सबै सहभागीहरु प्रति आभार प्रकट गर्नु भयो ।

A

E

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...