Thursday, May 26, 2016

एबिडि भिलियर्सको उत्कृष्ट प्रदर्शनसँगै बैंगलोर आइपिएलको फाइनलमा

ab-555x335

काठमाडौ, १२ जेठ । एबिडि भिलियर्सले उत्कृष्ट प्रर्दशन गरेपछि गुजरात लायन्सलाई हराउँदै रोयल च्यालेन्जर्स बैंगलोर इण्डियन प्रिमियर लिग (आइपिएल)को फाइनलमा पुगेको छ ।
गएराति भएको पहिलो क्वालिफार्स खेलमा गुजरात लायन्सलाई ४ विकेटले पराजित गरेको हो ।
गुजरातले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको बैंगलोरले १० बल बाँकी छँदै ६ विकेट गुमाएर भेट्टाएको हो ।
२९ रन हुँदा ५ विकेट गुमाइसकेको बैंगलोरलाई फाइनलसम्म पुर्याउन एबिडिभिलियर्सले उत्कृष्ट पारी खेल्दै नट आउट ७९ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १५८ रन बनाएको थियो ।गुजरातकोलागि डोयन स्मिथले ७३ रन बनाएका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...