Thursday, May 26, 2016

सिटी एक्सप्रेसको धुर्मुस सुन्तली फाउण्डेशनलाई १५ लाख सहयोग

City-Express-555x335

काठमाडौं, १३ जेठ । सिटी एक्सप्रेस मनि ट्रान्सफरले एकीकृत नमूना वस्ती निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई साढे १५ लाख रकम रहयोग गरेको छ ।

बिहीबार राजधानीमा सिटी एक्सप्रेसका प्रवन्ध निर्देशक चन्द्र टण्डनले सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई १५ लाख ५५ हजार ५ सय ५५ सहयोग रकम हस्तान्तरण गरे । टण्डनले धुर्मुस सुन्तलीको सामाजिक कामको प्रशंसा गर्दै सहयोग उपलब्ध गराउन पाएकोमा खुसी व्यक्त गरे । उनले भूकम्पपछिको पुनर्निर्माणमा यो अभियान नमूना हुने भन्दै सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै सहयोग रकम ग्रहण गर्दै अभियान्ता धुर्मुसले सिटी एक्सप्रेसको सहयोग गरिानचौरको पुनर्निर्माणका लागि महत्वपूर्ण भएको भन्दै धन्यवाद दिए । उनले त्यहाँ बस्ने नयाँ वस्ती वातावरणमैत्री हुने भन्दै अभियानका लागि अहिलेसम्म ६० लाख रुपैयाँ सहयोग प्राप्त भएको जानकारी दिए । यो अभियान देशको मुहार फेर्ने गरी सुरु गरिएको बताउँदै धुर्मुसले ६५ परिवार व्यवस्थित वस्तीमा बस्न पाउने बताए ।

कार्यक्रममा लोक गायक भगवान भण्डारीले फाउण्डेशनका लागि ५१ हजार रुपैयाँ हस्तातरण गरे । भण्डारीले अभियानमा सबैको सहयोग आवश्यक देखिएको भन्दै यसमा आफू पनि हातेमालो गर्न तयार भएको बताए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...