Monday, May 30, 2016

गोरखा कप २०१६ पुन फुटबल क्लब केन्टको हातमा ।

FC_Kent

गत २९ मेँ २०१६ को दिन बेलायतको अल्डरसटमा तमु धि को आयोजनामा सम्पन्न भएको १४ औँ गोरखा कप भेटरेन तर्फबाट फुटबल क्लब केन्टले शिल्ड हात पार्यो ।

भेटरेन तर्फबाट १० टिम हरुले भाग लिएको उक्त खेलमा सबै टिमलाई पराजित गरी फईनलमा ईलाम फुटबल क्लबलाई जितेर फुटबल क्लब केन्टले गत वर्ष झै यो बर्ष पनि शिल्ड हात पारेको हो । यस्का साथै बेष्ट प्लेयर र बेष्ट स्कोरर को पुरस्कार पनि यसै क्लबका खेलाडी दिपेन्द्र फियाकले पाएको हो ।

सन २०१५ मा स्थापना भएको यस क्लबको मुख्य उदेश्य भने युवा पुस्तालाई फुटबलमा प्रोत्साहन गराउनु रहेको टिम कोच लोक लिम्बुले बताउनु भयो। यस क्लबको स्थापना भएयता छोटो समयमै गोरखा कप, यलम्बरहाङ् कप, भि.सि. कप, बुडासुब्बा कप र सगरमाथा कप हात पारी सकेको छ। बेलायतमा नेपालीहरुको धेरै क्लबहरु भएपनि यस क्लबले जस्तो सफलता हासिल गर्न सकिरहेका छैनन् यसै सिलसिलामा टिम म्यनेजर बुद्घि सुनुवारले यस क्लबमा एडमिनिस्ट्रेसन र खेलाडीहरुको राम्रो लगाबको कारण यो सफलता हासिल भएको बताउनु भयो।

पुरस्कार वितरण पश्चात ग्रुप फोटो पछि टिम सदस्यहरुलाई क्रमस सचिव छबिन्द्र चोङरबाङ, टिम कोच लोक गुरुङ, टिम क्याप्टेन पदम योङ्याङले धन्यवाद दिदै अब आउने खेलहरुमा पनि यसरीनै खेल्दै जाने प्रतिबद्घता जनाउनु भएको यियो।

अरु खेलहरुमा झै यस खेलको लागी पनि ब्यबस्थापनमा टिमका सदस्यहरु दिपेन्द्र फियाक र गुप्तराज चेम्जोङ खटिएका थिए।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...