लसएन्जलस । नेपाली अमेरिकनको सामाजिकीकरण अभियानमा सुचना र समाचारको सारथी नेपाल ट्वान्टी फोर आओर्सको सह प्रकाशन ‘द हिमालयन भ्वाइस’को संयुक्तराज्य अमेरिकाको विभिन्न राज्यमा लोकार्पण भएको छ । शनिबार शुक्रबार र शनिबार क्यालिफोर्नियाको सनफ्रान्सिस्को शहरमा आयोजित गैर आवासीय नेपाली संघको क्यालिफोर्निया च्याप्टरद्वारा आयोजित वार्षिक भेटघाटको अवशरमा आयोजित अन्तरक्रिया कार्यक्रममा संघका अध्यक्ष पूर्ण बानिया, अमेरिकाका लागि नेपाली वाणिज्यदूत ऋषि पुनाखर ढकाल, संघका संचार कार्यदल अमेरिका संयोजक कृष्ण केसी, स्थानिय अगुवाहरुले अंग्रेजी पत्रीका ‘ द हिमालयन भ्वाइस’ को सामुहिक लोकार्पण गरेका थिए । त्यसै गरी शनिबार सोहि शहरमा भगवान बुद्धको संझनामा आयोजित शान्ति पद यात्रामा समेत नेपाली मुलका अमेरिकन आमाहरुले ‘द हिमालयन भ्वाइस’ लोकार्पण गरेका थिए ।
पत्रीका लोकार्पण लगत्तै स्थानीय अगुवाहरुले नेपाली अमेरिकनको आवाज अमेरिकन मूलधारमा पुर्याउने माध्याम ‘द हिमालयन भ्वाइस’ को निरन्तरताको लागि समुदाय र समुदाय केन्द्रित संघ संस्थाका प्रतिनिधिहरुले समाजिकिरणको यो अभियानमा साझेदारी गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । यस अघि न्यूयोर्क राज्यका अगुवा नेपालीहरु, नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्ट, प्रवासी मंचका अध्यक्ष संजय थापा, अगुवा नेपाली अमेरिकन लुइसाङ्ग वाइवा, श्री पराजुली, समीर महर्जन, बेद खरेल, बिष्णु सुबेदी र पत्रकार शैलेश श्रेष्ठको उपस्थितिमा ‘द हिमालयन भ्वाइस’ लोकार्पण गरेका थिए । स्मरण रहोस नेपाली अमेरिकनको पहिलो अंग्रेजी पत्रीका ‘ द हिमालयन भ्वाइस’ यस अघि लसएन्जलसमा स्थानीय आर्टेसिया सिटीका मेयर भिक्टर मनालोले स्थानीय क्यालिफोर्नियका फाएर फाइटर डिपार्टमेन्ट उच्च अधिकारीहरु र अमेरिकाका प्रतिष्ठित अमेरिकी संचारकर्मीहरुको उपस्थितिमा गत मे २० तारिख भब्य समारोह बीच पत्रीका लोकार्पण गरेका थिए ।
नेपाली अमेरिकनको सामाजिकीकरण अभियानमा सुचना र समाचारको सारथी नेपाल ट्वान्टी फोर आओर्सका अध्यक्ष एवं ‘द हिमालयन भ्वाइस’का सम्पादक पुरुषोत्तम ढकालले दिएको जानकारी अनुसार अंग्रेजी र थप ४ पृष्ठ नेपाली भाषाको कोशेली सहित अमेरिकाको न्यूयोर्क, सनफ्रान्सिस्को, टेक्सास र लसएन्जलसबाट प्रकाशन आरम्भ भएको यो समाचार पत्र एशियन अमेरिकनको समाजिकिरणका मुद्धामा विचार, फिचर र संचार लिएर सुरुमा पाक्षिक र अगष्ट देखि साप्ताहिक रुपमा प्रकाशन हुनेछ । पत्रिकाको सम्पादकीय समुहमा विश्व प्रशिद्ध विश्लेषक डेविड स्वांसम्यान, वरिष्ठ पत्रकार योगेश उपाध्याय, राजेश मिश्र, संजय घिमिरे, रामेश्वर भण्डारी देखि अमेरिकी भूमिमा क्रियाशील जल्दा बल्दा पत्रकार किशोर पन्थी समेत आवद्ध रहेका छन् ।
No comments:
Post a Comment