Friday, May 27, 2016

भिम आलेको फुलै फुल्यो डाली नुगेन गीतको भिडियो सार्वजनिक भिमलाई मञ्जिताले किन धोका दिईन(हेर्नुस भिडियो)

bhim ale and Manjita kc

काठमाडौं/कलाकार भिम आलेको दोस्रो प्रस्तुति लोकदोहोरी गीत फुलै फुल्यो डाली नुगेन गीतको भिडियो सार्वजनिक भएको छ । पत्रकार तथा सर्जक स्व.सुर्यकुमार क्षेत्रीको शब्द सृजनामा सुमधुर स्वरका धनी विमलराज क्षेत्री र रितु थापाको स्वर रहेको छ । लय सृजनामा पनि विमलराज क्षेत्रीको नै रहेको छ । यस गीतको भिडियोमा भिम आले, मञ्जिता केसी र गोपाल भट्टराईको अभिनय रहेको छ ।

कुमार केसीको निर्देशनमा तयार भएको भिडियोलाई हरिनारायण चौधरीको छायांकन रहेको छ । अनुप सिवाकोटीको सम्पादनमा भिडियो तयार भएको छ । यस गीतलाई रेस्पोन्सिभ मिडिया प्रा.लि.ले बजारमा ल्याएको हो । कलाकार भिम आले बहुमुखि प्रतिभाका धनी हुन । उनी अभिनय, गाउँन, शब्द सृजना र लय सृजर्ना क्दछन् । उनी विगत लामो समयदेखी कलाकारितामा सक्रिय छन् ।

Manjita kc And Bhim Ale

कलाकारितामा लाग्नु भिमको सानैदेखी रुची रहेको र यो क्षेत्रमा केहि गर्ने इच्क्षा भएको बताउँछन् । धेरै सृजना दिन नसके पनि वर्ष थोरै तर राम्रो सृजना दिने उनीले हामीसँगको कुराकानीमा बताए ।उनको प्रतिभा बारेमा रेस्पोन्सिभ मिडिया निर्देशक तथा मोडल कुशल खत्री भन्छन् ‘भिम जी नेपाली कलाकारिताका लागी एक नक्षत्र हो ।’ यस गीतबाट भिम आले पनि आशावादी छन् । अग्रज सर्जकसँग काम गर्दा धेरै कुरा सिक्ने अवसर प्राप्त भएको र अगाडी बढ्न हौसला मिलेको उनी बताउँछन् । अग्रजको मायाले गर्दा आगामी दिनमा यो क्षेत्रमा केही गर्ने प्रेरणा मिलेको भिमले बताए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...