Thursday, May 26, 2016

वाशिंगटन डिसीमा नेपाली खानाको प्रदर्शनी, अन्तराष्ट्रिय फुड फेस्टिभलमा नेपाल पनि सहभागी

16052624unnamed

२६ अप्रिल २०१६ – अमेरिकाको राजधानी वाशिंगटन डिसीमा भएको अन्तराष्ट्रिय फुड फेस्टिभलमा वाशिंगटन डिसी स्थित नेपाली दुतावास पनि सहभागी भएको छ । डाउन टाउन वाशिंगटन डिसीको International Trade Center रोनाल्ड रेगन भवनमा हिजो अप्रिल २५ तारिखमा आयोजित अन्तराष्ट्रिय फुड फेस्टिभलमा नेपालको तर्फबाट घर एकबाबका लोकनाथ तिवारीले भाग लिएका थिए ।

वाशिंगटन डिसीमा भएका संसारैभरीका दुतावासहरुले भाग लिएको Embassy Chef Challenge नामको यो फुड फेस्टिभलमा लोकनाथ तिवारीले नेपाली खानाको  प्रदर्शनी गरेर र प्रदर्शंनीमा आएका २५  वटा मुलुकका विदेशीहरूलाई नेपाली खाना चखाई दिएका थिए । नेपाली दुतावासका ईकोनोमिक काऊन्सिलर कैलाश राज पोखरेलको नेत्रित्वोमा दुतावासको टिम फुड फेस्टिभलमा सहभागी थियो ।

 

16052640IMG_4557

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...