Friday, May 13, 2016

पोहोरको बन्दको संझना

SARGAM

एउटा शरीर लुट्नलाई हिजो नेपाल बन्द थ्यो
भाइ भाइ फुट्नलाई हिजो नेपाल बन्द थ्यो,

शिर मेरो पाउ मेरो आफ़्ना आफ़्नै अडानमा,
छुट्टा छुट्टै धुत्नलाई हिजो नेपाल बन्द थ्यो,

दुखियाकै ढाड टेकी बिरासत लिन खोज्दै,
बुधैयालाई भुट्नलाई हिजो नेपाल बन्द थ्यो

बारी मेरै पाखा मेरै फ़ुटाईदिन्छु आँखा भन्दै
युद्द पगरि गुथ्नलाई हिजो नेपाल बन्द थ्यो,

हाड छाला छुट्नलाई ज्ञानेन्द्रीयकै रस्साकस्सी,
बिष प्याला खुट्नलाई हिजो नेपाल बन्द थ्यो,

जातियता ऊँचो पार्दै खण्डियता भिर्दै फेरि,
आफ़्नै जेथा लुट्नलाई हिजो नेपाल बन्द थ्यो ।।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...