यहि आउदो मे २७ देखि २९ तारिख २०१६ सम्म , बसुधैब कुटुम्बकम , ” ASSIMILATION WITH SOCIETY THROUGH BLOOD DONATION ” ” ENTIRE WORLD CONSTITUTES BUT A FAMILY ” भन्ने नाराका साथ, ब्लड डोनर्स अफ अमेरिका (बिडीए )र नेपाली अमेरिकी नर्स संघ (सान ) को संयुक्त प्रथम सम्मेलन अमेरिकाको डालास सहरमा भब्यरुपमा हुन गैरहेको छ ।
करिब २४० भन्दा बढी आजीवन ६५ भन्दा बढी साधारण सदस्य रहेको ब्लड डोनर्स अफ अमेरिका ५० राज्य संयोजक र १५ ओटा राज्य समिति गठन भैसकेका छन् । त्यसैगरि १०० जना भन्दा बढी आजीवन सदस्यता वितरण गरिसकेको नेपाली अमेरिकी नर्स संघले ४ ओटा राज्यमा राज्य च्याप्टर गठन गरिसकेको छ । बिडीए र सान स्वास्थ्य तथा स्वस्थ जीवन शैलीको प्रबर्धन सम्बन्धि साझा उदेश्यकालागि सेवामा समर्पित भएकाले यो दुइ सस्थाहरु भबिस्यमा पनि हातेमालो गर्दै अगाडि बढ्न सक्ने भएकाले संयुक्त अधिवेसन गर्न लागिएको हो यस इहिहासिक अधिवेसनमा विभिन्न खेलकुद तथा सास्कृतिक कार्यक्रम , योगा, कबिता गोष्ठी , रक्तदान र हेल्थ-क्याम्प आदि कार्यक्रमहरुको साथमा सम्पन्न गर्न लागिएको कुरा आज आयोजित पत्रकार सम्मेलन मार्फत आयोजकले बताएका छन् ।
एउटै सस्था फुटेर दुइ तिन ओटा छुट्टा छुट्टै सम्मेलन गर्ने अमेरिकी नेपाली समाजमा दुइ-दुइ ओटा सस्था मिलेर एउटै सम्मेलन गर्न लागिएको सम्भवत: यो नै पहिलो सम्मेलन होला , जे गर्छ राम्रो कामको सुरुवात टेक्सासले नै गर्ने गर्दछ ; कार्यक्रम संयोजक बिडीए टेक्सास च्याप्टर लाइ धेरै धेरै बधाई तथा शुभकामना ।
No comments:
Post a Comment