काठमाडौं, ११ जेठ । भारतको राजधानी दिल्लीमा विमान दुर्घटना भएको छ । एयर एम्बुलेन्सको ‘क्र्यास ल्याण्डिङ’ भएको छ । विमानमा ७ व्यक्ति सवार मध्ये घटनामा पाँच जना घाइते भएका छन् । घाइते मध्ये एकको अवस्था गम्भिर बताइएको छ । पाइलट दुवै सकुशल रहेका छन् भने घाइते भएका ५ जनालाई मेदान्त अस्पताल लगिएको जनाइएको छ । अल्केमिस्ट एयरलाइन्सको सो एयर एम्बुलेन्स पटनाबाट दिल्ली आउदै थियो । स्थानीय समय अनुसार पौने ३ बजे दिल्लीको नजफगढ इलाकामा घटना भएको हो । दुवै इन्जिनले काम गर्न छोड्दा विमान दुर्घटना भएको बताइएको छ । रासस/पिटिआई
No comments:
Post a Comment