Sunday, May 15, 2016

नेपाल पर्यटन बोर्डको अवैतनिक सद्भावना दुतमा नविना बस्नेत नियुक्त

nabina 2

नेपाल पर्यटन बोर्डले अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएकी पूर्व मिस नेपाल युएस द्वितीय विजेता नविना बस्नेत लाई अवैतनिक सद्भावना दुतमा नियुक्त गरेको छ l आज मिति मे १५ ,२०१६ तारिख देखि लागु हुने गरि बस्नेतलाई नेपाल पर्यटन बोर्डको अवैतनिक सद्भावना दुतमा नियुक्त गरेको हो l बस्नेतलाई दुई बर्ष अवधिको लागि सद्भावना दुतमा पर्यटन बोर्डले नियुक्ति पत्र प्रदान गरेको छ l बस्नेतले मे १४ ,२०१८ सम्म पर्यटन बोर्डको लागि काम गर्ने छिन् l

२००८ देखि अमेरिकाको बसाईमा रहेकी नविनालाई नेपालको पर्यटन उद्योगको प्रबर्धनमा महत्वपूर्ण योगदान गरे वापत सद्भावना दुत नियुक्त गरेको हो l मे १५ ,२०१६ तारिख देखि उनले जिम्मेबार लिएकी छिन् l

nabina 4

नेपालको पर्यटन बोर्डले नेपालको प्राकृतिक तथा सांस्कृतिक निधिलाई राष्ट्रिय तथा अन्तर राष्ट्रिय स्तरमा अद्वितीय योगदान गर्दै नेपाल पर्यटकको लागि पहिलो गन्तब्य स्थान बनाउन सकारात्मक संदेश पुर्याउन उनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने छिन भनि नविना बस्नेतलाई जिम्मेबार तोकेको छ l

अवैतनिक सद्भावना दुत घोषणा भए पछि हर्ष व्यक्त गर्दै बस्नेतले सरकार तथा नेपाल पर्यटन बोर्डलाई बिशेष धन्यवाद दिएकी छिन् l उनले अगाडी भनिन आफुलाई जुन जिम्मेबार विश्वासको साथ दिएको छ त्यसलाई आफुले पूर्ण ईमान्दारिताका साथ पालना गर्ने बताईन l

nabina 3

राष्ट्रिय तथा अन्तर राष्ट्रिय स्तरमा समेत नेपालको पर्यटनको लागि राम्रो काम गर्ने बताउदै आजैका मिति देखि नविनाले आफ्नो निजि संजाल (वेब ,नविनाबस्नेत डटकम http://ift.tt/1TQUcRR)समेत सार्बजनिक गरेकी छिन् l

नविना सन् २०१२ को मिस नेपाल युएस प्रतियोगिता कि प्रशिक्षक ,मिसनेपाल यु एस प्रतियोगिता २०११ कि द्वितीय बिजेता तथा २०१४ को मिस नेपाल युएस को प्रतिभा प्रतियोगिताकि प्रमुख निर्णायक भई काम गरि सकेकी छिन् l

यसै गरि उनि सन् २०१२ मा भएको एएनए एक्स्ट्राभ्यागेन्जा कि प्रमुख ,नृत्य निर्देशक तथा साइबर संसार डटकम कि ब्रान्ड (मार्का ) सद्भावना दुत भै काम गरि सकेकी छिन् l

nabina 1

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...