Sunday, May 8, 2016

भारतमा पशु सुन्दरी प्रतियोगिता

goru 2

भारतको हरियाणा राज्यमा पशु सुन्दर/सुन्दरी प्रतियोगिताको आयोजना गरिएको छ l गत शनिबार मे ७ तारिख सयौ उन्नंत जात तथा स्वस्थ्य रहेका घर पालुवा पशुहरुमा उत्कृष्ट हुन् मानव सुन्दर तथा सुन्दरी प्रतियोगता झैँ हिडेका थिए l गाई तथा गोरुलाई आफ्ना मालिकले साथमा लिदै सजाइएका पशुहरुले प्रतियोगितामा भाग लिएका थिए l र उनीहरुलाई दर्शक तथा निर्णायकहरुको अगाडी हिडाईएको थियो l

पशु सुन्दर प्रतियोगिताको मुख्य उदेस्य घरेलु गाई वस्तुका नश्लको प्रबर्धन तथा पशु स्वास्थ्य बारे सचेतना गर्ने ध्येयले गरिएको हो l उनीहरुका आकार ,औसत बनोट ,सिङ्ग तथा गाईले दुध दिने क्षमताको आधारमा निर्णायकहरुले निर्णय सुनाएका थिए l

निर्णायक हरुले ६ सय ३० वटा सहभागी भएका मध्ये उत्कृष्ट १८ वटा बिभिन्न वर्गका लाई बिजयी घोषणा गरेका छन् ल बिजयी पशुलाई नगद तथा पुरस्कारको व्यवस्था पनि गरिएको थियो l

goru 1

तस्बिर/श्रोत : अल्ताफ क्वाद्री तथा रिशाब आर जैन

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...