Tuesday, May 3, 2016

अमेरिकामा जन्मेकी ८ बर्षिय प्रिशाको अंग्रेजी गित टर्न अप चर्चाको शिखरमा

prisha 1

अमेरिकाको जन्मेकी दोश्रो पुस्ताकि ,८ आठ बर्षिय नेपाली चेली प्रिशा श्रेष्ठले युटुब मार्फत अंग्रेजी भाषामा टर्न अप वोलको गीत गाएकी छन् l आगामी जुलाईमा ८ बर्ष पुरा पुग्ने प्रिशाको जन्म जुलाई २० ,२००८ मा भएको हो l

आमा सृजना उप्रेती तथा वुवा विजय श्रेष्ठको दोस्रो सन्तानको रूपमा अमेरिकाको मेरीभिलमा जन्मिएकी प्रीशा हाल एउटा सांगीतिक एल्वम वनाउने तयारीमा छिन्। अमेरिकाको भर्जिनियामा वस्दै आएकी प्रीशा श्रेष्ठको गितको भाव वाल मनोरञ्जन सॅग सम्वन्धित छ l

गीतमा सॅधै हासिरहने,रमाइलो गरिरहने जिवन नै सार्थक जीवन हो भन्न खोजिएको छ संभवत यो जम्मा ८ वर्षकी गायिकाले गाएको पहिलो बिधुतिय संगीत प्रयोग भएको गीत हो l जस्मा इनिमिनीको शव्द तथा ज्योती श्रेष्ठको संगीत रहेको छ l क्लास X प्रस्तुति मा रेकर्डिङ भएको सो गीतको सम्पूर्ण व्यवस्थापनको कार्य के टिएम सौल्जहले गरेका छन् l

prisha 3

यसको संगीत भिडियो निर्देशन ज्योतिले नै गरेका छन्। यो भन्दा अगाडि प्रिशाले गीतकार प्रकाश सुवेदीको शव्दमा र संगीतकार वसन्त सापकोटाको संगीतमा ‘जति माया लाग्छ मामुको “वोलको वाल मनोवैज्ञानिक गीत र ‘टुक्रिएको देश हैन’ वोलको राष्ट्रिय गीत गीत गाइसकेकी छन्।

श्रब्य दृश्य (भिडियो )सहित

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...