Thursday, May 12, 2016

एनआरएनए नर्थ क्यारोलिना च्याप्टरको भलिबल प्रतियोगिता सम्पन्न

nrn logo

एनआरएनए नर्थ क्यारोलिना च्याप्टर द्वारा आयोजित आन्तरिक स्टेट स्याण्ड भलिबल प्रतियोगिता गत मे ८ तारिख भब्यताको साथ सम्पन्न भएको छ अध्यक्ष रेवती राज अधिकारीको सभापतित्वमा सम्पन्न उक्त खेल प्रतियोगिताको लागि उक्त राज्य भरका १५ टिमले भाग लिएका थिए l प्रतियोगितामा सगरमाथा स्पाईकर प्रथम ,आर टी पी दोश्रो भएका थिए

सगरमाथा स्पाईकर टिमका खेलाडी ध्रुब श्रेष्ठ उत्कृष्ट खेलाडी घोसित भए भने उत्कृष्ट टिम क्याप्टेन बाबुराम दवाडी भएका थिए l सो प्रतियोगितामा मनोरंजन बनाउन एनसीएनसी बोर्डका पुर्व उपाध्यक्ष्य तथा अध्यक्ष द्वय रबिन्द्र कार्की तथा डा ठाकुर कार्कीले खेलाडी व्यवस्थापन स्थानमा भरपुर सहयोग गर्नु भएको थियो

समाज सेवी चेत भट्टराईले उत्कृष्ट खेलाडीलाई १ सय डलर प्रदान गर्नु भएको थियो l उत्कृष्ट व्यवस्थापन र खेलाडीको सम्पूर्ण कुराको संयोजन एनआरएनएन सी का उपाध्यक्ष एवं कार्यक्रम संयोजक लोक्नेद्र बहादुर चन्दले गर्नु भएको थियो

वहालाई सहयोग गर्नेहरुमा राम कृष्ण चौलागाई ,सीता बराल ,गोबिन्द कंडेल ,समाज सेवी बिनोद भट्टले व्यवस्थापन गर्नु भएको थियो l कार्यक्रममा मोरीसभिलका मेयर मार्क सलुमनले खेलाडीहरुलाई पुरस्कार एवं प्रमाणपत्र वितरण गर्नु भएको थियो भने उप मेयर स्टिव रावले खेलाडीहरुको मनोबल बढाउनु भएको थियो l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...