Sunday, May 15, 2016

अमेरिकामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा युगकवी सिद्धीचरण श्रेष्ठको जन्म जयन्ती एबम बिशेष साहित्यिक कार्यक्रम सम्पन्न

DSC00127

प्रसिद्ध छन्द कवी सुदीपभद्र खनालले लयात्मक छन्द कविता प्रस्तुत गर्दा होस् वा शान्त स्वभाबकी चर्चित कवयित्री नीरा शर्माले सानो र मधुर स्वरमा बा को कविता सुसेल्दा होस सहभागी मनमुग्ध त थिए थिए यत्तिकैमा अध्यक्ष रामप्रसाद खनालले गीत गाउन शुरु गरे, माहौल अझै जम्दै गयो । होमनाथ सुबेदी, भूप नारायण घर्तीमगर, रामशरण हुमागाइ, किशोर केसी, परशु तिमील्सेना पनि के कम ! कविता थपे, कविता थपिँदै थियो बिचमा आए पुस्कर पन्त उनका दुई कवितामा बेजोड हाँस्य शैली मिसिए पछि पेट मीच्दै र आँखाबाट हाँस्दा

झरेका आसुँ पुछ्न सबैलाई कर लाग्यो । डा. होम बहादुर थापा, निलकण्ठ सुबेदी, कल्पना सुबेदी, राम अधिकारी, रबिन्द्र श्रेष्ठ, राजनएे श्रेष्ठ, अनमोल सिटौला मिठा कविताहरु बर्सिरहेका थिए । यत्तिकैमा सुजना ढकाल, पवन खनाल, गोमा न्यौपाने, चेतन सिटौला, कमल भट्टराई, अाइसा ढकाल, शकुन्तला अधिकारी, हरि केसीका कविताहरु लगातार अाइरहेका थिए । एकैछिन धिला शुरु भए पनि समयमै सकिन लाग्यो कार्यक्रम अध्यक्ष रामप्रसाद खनाल ले कार्यक्रम समापन को घोषणा गरे तर अमेरिकामा पहिलो पटक यस्तो द्रिश्य देखियो जहाँ कार्यक्रम सकिनु पूर्व नै छोडेर हिंड्ने सहभागी आज भने कुर्सी बाट उठ्न तयार भएनन अनी खनालले एउटा गजल र अर्को कविता थपे, नीरा शर्मा, पुस्कर पन्त, परशु तिमील्सेना, गोमा न्यौपाने लगायतका कविता पनि थपिए । बुलरन लाइब्रेरीको सभाकक्ष यसै गरी कवितामय बनी रह्यो ।

प्रस्तुत बयान हो – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीको आयोजनामा अमेरिकाको भर्जिनिया मनासस शहरमा युगकवी सिद्धीचरण श्रेष्ठको जन्म जयन्ती एबम एउटा बिशेष साहित्यिक कार्यक्रमको । कार्यक्रममा कविता गजल गीतहरु मात्र प्रस्तुत भएनन पेट मिचिमिची हंसाउने खाँटी प्रस्तुतिहरु पनि भए । पुराना देखी नयाँ सम्म साहित्यिक ब्यक्तित्वहरुको जमघटमा भएको कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीका अध्यक्ष राम प्रसाद खनालको सभापतित्व, उपाध्यक्ष भूपनारायण घर्तिमगर र महासचिब राम अधिकारीको संयुक्त सँचालन, कोसाध्यक्ष एबम उक्त कार्यक्रमका सँयोजक, हाँस्य कलाकार पुस्कर पन्तको स्वागत भासणमा सम्पन्न भएको थियो । कार्यक्रममा किशोर केसीको कबिता गीत गजल सँग्रह “उनीसँग” को बिमोचन गरियो । यसै गरी समाजसेवी, अन्तरराष्ट्रिय कानून बिद डा. होम बहादुर थापालाई सम्मान गरिएको थियो ।

नेपाल मदर.कम बाट

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...