देवर्षि, काठमाडौं । देशका विभिन्न ठाऊमा रहेका गोरख मठ–मन्दिर तथा अखडाहरूमा शनिवार भव्यताको साथमा महाउत्सवपूर्वक गोरख जयन्ती मनाइएको छ । काठमाडौंको शान्तिबाटिका रत्नपार्क, पशुपति मृगस्थली, थापाथली र काठमाडौं बाहिर गोरखा, दाङ्गलगायतका गोरखमठ तथा मन्दिर एवं अखडाहरूमा गोरख जयन्ती महाउत्सव भएको समाचार प्राप्त भएको छ ।
बैशाख पूर्णिमाको दिनलाई भगवान श्रीश्रीश्री महायोगी सद्गुरु गोरखनाथ बाबा प्रकट भएको मान्यताको साथमा नाथ संप्रदायभित्र गोरखजयन्तीको रूपमा मनाउने चलन रहीआएको छ । यसै सन्दर्भमा यस वर्ष पहिलो पटक काठमाडौंको रत्नपार्कमा अवस्थित गोरखनाथको मूर्तिमा गोरख विधिबाट पूजाआजा गरी गोरखजयन्तीको उत्सव गरियो ।
प्राय बन्द रहने रत्नपार्कको शान्तिबाटिका परिसरभित्र रहेको गोरखनाथको मूर्तिमा ॐ सेना नेपालले गोरखजयन्तीको दिनपारेर पूजाआजा गर्ने व्यवस्था मिलाएको थियो । काठमाडौं थापाथली गोरखनाथ अखडाका महन्त नारायणनाथ योगीले गोरखविधिबाट गोरखमूर्तिको पूजापाठ गर्नुभएको थियो । कार्यक्रममा ॐ सेना नेपालका अध्यक्ष धनबहादुर कुँवरबाट साधुसन्तहरूलाई दक्षिणा दिइएकोथियो भने उपस्थित सबैलाई प्रसाद वितरण भएको थियो ।
No comments:
Post a Comment