गान्तोक । गेजिङ च्याम्पियन टूर्नामेण्ट वेष्ट डिष्ट्रिक क्रिकेट एसोसिएसनले आफ्नो नाममा दर्ता गराएको छ । पश्चिम सिक्किमको क्योङ्सा खेल मैदामा भएको टी–२० क्रिकेट गेजिङ च्याम्पियन टूर्नामेण्टको फाइनल म्याच खेलिएको थियो । टूर्नामेण्टमा पश्चिम जिल्लाका विभिन्न टीमले भाग लिएका थिए । टूर्नामेण्टको फाइनल खेलमा वेष्ट डिष्ट्रिक क्रिकेट एसोसिएसन र क्योङ्सामाझ भिडन्त भएको थियो । क्योङ्साले पहिलो ब्याटिङ् गर्दै २० ओभरमा ७० रनको लक्ष राखेको थियो । उक्त लक्षलाई पछ्याउँदै एसोसिएसनले १३ ओभर र आठ विकेटको साथमा आफ्नो टीमलाई जिताउन सफल बनेको छ । म्यान अफ द म्याच एसोसिएसनका रभी गुप्ता भएका थिए ।
No comments:
Post a Comment