Friday, May 6, 2016

क्याम्पिंग सहित खुल्ला आकाश मुनि नेपाली फिल्म (ओपेन एअर किनो ) देखाइने

schanzenkino-bild-0

स्विटजरल्याण्डबासि नेपालीहरुले समय अनुसार विभिन्न नौला कार्यक्रमहरु गर्दै आइरहेका छन् । यसै क्रममा अब आउने गर्मीयाममा खुल्ला आकाश मुनि नेपाली कथानक चलचित्र पनि देखाइने आयोजकले बताएका छन् ।

हिउँदमा स्नो-फन, गर्मियाममा भलिवल,फुटवल,क्याम्पिंग जस्ता विभिन्न कार्यक्रम आयोजना गर्दै आएका स्विसबासि नेपालीहरुले आउँदो केहि समय पछि क्याम्पिंग सहित खुल्ला आकाश मुनि नेपाली चलचित्र (ओपेन एअर फिल्म) पनि देखाउने भएका छन् । विदेशमा रहेका नेपाली समाजहरुमा नेपाली कथानक चलचित्र खुला आकाश मुनि देखाइने यो पहिलो पटक हुनेछ ।

चलचित्रबाट उठाइएको रकम नेपालको दुर्गम क्षेत्र सोलुखुम्बुको एक बिद्यालयमा सहयोग गरिने छ । क्याम्पिंग गर्ने मिति,ठाउं,नेपाली कथानक चलचित्रको नाम लगायत सम्पूर्ण जानकारी छिट्टै प्रकाशित गरिने आयोजकले बताएका छन् ।

open

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...