युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन (युयुएनटीएफ) ले भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडी, प्रशिक्षक, व्यवस्थापक र सहभागी खेलाडीलाई काठमाडौँ मा एक कार्यक्रम बिच सम्मान गरेको छ l
युयुएनटीएफ ले उनीहरुलाई नगदसहित प्रशंसा पत्रबाट सम्मान गरेको हो । सम्मानित हुने रजत विजेताहरुमा वीरबहादुर महरा, सक्षम कार्की, रेजिना कार्की, यानकुमारी चौलागाईं, निमा गुरुङ, ज्ञानी चुनारा र आयशा शाक्य रहेका छन् । यसै गरि कांस्य विजेतामा सुनील पौडेल, निश्चलमान श्रेष्ठ र रामहरि महत छन् । सम्मान पाउने सहभागी खेलाडीमा महमद वेश, चन्द्रबहादुर राना मगर तथा प्रेमबहादुर बुढाथोकी छन् ।
यसै गरि प्रशिक्षकमा ध्रुवबहादुर गुरुङ, संगीना वैद्य, नवीनकुमार श्रेष्ठ, दीपक विष्ट तथा गणेशबहादुर जिम्बा सम्मानित भएका छन् भने व्यवस्थापकमा नेपाल तेक्वान्दो संघका सदस्य सुमनकुमार घले रहेका छन् ।
रजत विजेतालाई २५ हजार, कांस्यलाई १५ हजार, प्रशिक्षक र व्यवस्थापकलाई समान १०–१० हजार तथा सहभागी खेलाडीलाई ५ हजारका दरले नगद प्रदान गरियो ।
उप प्रधान एवं उर्जा मन्त्री टोपबहादुर रायमाझी, युयुएनटीएफका निर्देशक सन्तोष प्रधान, तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा लगायतले उनीहरुलाई एक कार्यक्रम बीच सम्मान गरे ।
उक्त अवसरमा रियो ओलम्पिक– २०१६ का लागि भएको एसियाली तेक्वान्दो छनोट प्रतियोगितामा कांस्य जितेकी साग रजत विजेता निमालाई पृथक दश हजार नगद पुरस्कार प्रदान गरिएको थियो भने त्यसै अवसरमा खाडीचौर तेक्वान्दो डोजाङलाई ३० हजार मूल्य बराबरको खेल सामाग्री प्रदान गरियो ।
No comments:
Post a Comment