२७ मे २०१६
गैर आवासीय नेपाली संघले हरेक दुइ-दुइ बर्षमा आयोजना गर्ने क्षेत्रीय सम्मेलन आगमी अगष्ट महिनाको २७ र २८, २०१६ अमेरिकाकोको न्यू जर्सीको डब्बल ट्री हिल्टन होटलमा हुने भएको छ । “NRNA VISION 2020 & BEYOND” नाराका साथ आयोजना गरिएको सो सम्मेलनको तयारीमा त्रिब्रता आयएको छ । कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्नको लागि ९ सदस्य आयोजक कार्यकारी कमिटी र २० वटा विभिन्न अन्य कमिटीहरुको गठन गरिएको छ।
गैर आवासीय नेपाली संघका अध्यक्ष शेष घलेले धेरै पटक आफ्ना भनाइहरुमा अबको एनआरएन संस्था भनेको अलिक फरक रुपले जानु पर्दछ र आउने पुस्तालाई स्वीकार्य र उनीहरुको भलाइ अनि सकृय सहभागीता रहनु पर्ने कुरा एकातिर छ भने अर्को तिर हाम्रो नेपाली जनसंख्या पनि हरेक देशमा बढेर गएको, गर्नु पर्ने धेरै कुरा छन् भन्ने कुरा बताउनु हुन्थ्यो । समय र जिम्मेवारी फेरिएको छ। ति सबै अबस्थामा दशक आगाडीको संरचना र स्वरुपले अगाडि जान कठिन हुन्छ तेसैले ति सबै कुराहरुको चनौती पुरा गर्नको लागि हाम्रो संस्थाको स्वरप समेत पुनर-बिचार र व्याख्या गर्नु जरुरी हुने कुरा बताउनु हुन्थ्यो । तिनै बिचार र तत्कालिन आबश्यकता बिषयगत कुराहरुलाई समेत यो सम्मेलनले एउटा मूर्त रुप दिने छ।
गैर आवासीय नेपाली संघका विभिन्न ७३ देशका एनआरएनहरुले भाग लिने उक्त सम्मेलन बिगतको एक दशक पूर्व स्थापना गर्दाको संस्थाको भिजन, मिशन, गोल र संस्थाको संरचना अनि आगामी कार्यक्रमका स्वरुप समेतको छलफल गरि संस्थागत बिकासमा समयानुकुल परिमार्जन आवश्यक भएकोले यो सम्मेलनमा यस्ता गहन बिषयहरु छलफल गरिने कुरा सम्मेलन आयोजक कमिटीका संयोजक तथा एनआरएनए अमेरिकाजका (Americas-The Americas, or Americas, also known as the Western Hemisphere and the New World, comprise the totality of territories in North America and South America.) क्षेत्रीय संयोजक सोनाम लामाले जानकारी दिनुभएको छ। उहाँले तयारीको प्रारम्भिक चरण लगभग पूरा भएको र दोश्रो चरणमा हामी कार्यक्रम, वेबसाइट र थप कुराहरु गर्ने छौ भन्नुभयो।
“NRNA VISION 2020 & BEYOND” बारे सम्मेलनका आयोजक संयोजक तथा गैर आवासीय नेपाली संघ एनआरएनए अमेरिकाजका क्षेत्रीय उपसंयोजक तथा सम्मेलनका समेत उपसंयोजक एसी शेर्पाले भन्नु भयो – संस्था स्थापना गरेको नै १०/१२ वर्ष भैसक्यो। स्थापना गर्दाको बेला जुन अबस्था नेपालको थियो अब त्यो अस्बस्था छैन। नेपाल, नेपाली र बिश्व सबैमा परिवर्तन आइसकेको छ। हो तेही परिवर्तन र अरु धेरै कुराहरुलाइ समयानुकुल रुपले संस्थालाई अगाडि लैजानको लागि यो सम्मेलनले एउटा स्वरुप दिने छ ।
तेसैगरी “NRNA VISION 2020 & BEYOND” नारालाई नै छान्नु पर्नाको कारणबारे एनआरएन अमेरिकाका अध्यक्ष डा केशब पौडेलले भन्नु भयो- नेपालको एक तिहाइ जनसक्ख्या बाहिर भैसकेको अबस्था छ । यो अबस्थामा एनआरएनए संथाको जिम्मेवारी धेरै बढेर गएको छ । हरेको देशमा नेपाली समुदायको उपस्थिति बढ्दो अवस्था छ । नेपालीको उपस्थिति संगै अस्थित्व र समस्याहरुको हेर चाह गर्नु पनि अर्को जिम्मेवारी हो भने नेपालमा लगानी बढाउने, पून-निर्माण, एनआरएनए मूख्यालय निर्माण, शिक्षा-स्वास्थ्य लगायत यावत बिषयहरु र अरु धेरै कुरा गर्न यो सम्मेलनमा यस्ता बिषयहरुको र संस्थागत परिवर्तनहारे छलफलको आबश्यकतालाई नै महसुस एउटा धारणा बनाउनु यो सम्मेलन उपयुक्त ठाउँ हो ।
आयोजक/कार्यकारी कमिटी
| 1 | Sonam Lama , RC – Americas | USA | Chair | [email protected] |
| 2 | AC Sherpa , DRC – Americas | USA | Co-Chair | [email protected] |
| 3 | Dr. Keshab Paudel , NCC President | USA | Co-Chair | [email protected] |
| 4 | Tulsi Sapkota , NCC President | Canada | Member | [email protected] |
| 5 | Nabaraj Gurung , Advisor ICC | Canada | Member | [email protected] |
| 6 | Ratan K. Jha , Chair EEDC- ICC | USA | Member | [email protected] |
| 7 | Khagendra GC , ICC Member | USA | Member | [email protected] |
| 8 | Krishna Pokhrel , NCC-Senior V. P | USA | Member | [email protected] |
| 9 | Tilak Shrestha , NCC General Secretary | USA | Member | [email protected] |
कमिटीहरु :
(Detail: Will be on website, )
स्पनसर बारे जानकारी
NRNA 9th Regional Conference Sponsors Americas
August 27th & 28th 2016 USA
- Event Partner Dinner Sponsor $10,000
- Plak Award + certificate
- Two Free Registration Included
- Full Logo every event slide show
- Dinner and networking times with Leaders
- Full page of convention sovinare magazine
- Reconization promotion handout materials
- Logo on registration batch
- One table 6 x 6 table high traffic area
- Reconization press release
- Announcements on events
- Reconization NRNA Social Medias
- Logo on event website
- Platinum $7,500
- Award + certificate
- Two free registration included
- Meddium Logo every event slide show
- Full page of convention sovinare magazine
- Reconization promotion handout matirals
- One table 6 x 6 table high traffic area
- Reconization press release (spook person)
- Announcements on events (Programs MC)
- Reconization NRNA Social Medias
- Logo on event website
- Gold $5,000
- certificate reconization
- Two free registration included
- Sm logo every event slide show
- Half page of convention sovinare magazine
- One table 6 x 6 table high traffic area
- Reconization press release (spook person)
- Announcements on events (Programs MC)
- Reconization NRNA Social Medias
- Logo on event website
- Silver $3,000
- Certificate reconization
- One free registration included
- Group visible logo main event slide show only
- Quater page of convention sovinare magazine
- Reconization press release (spook person)
- Announcements on events (Programs MC)
- Reconization NRNA Social Medias
- Logo on event website
- Supporters $1,000
- Certificate reconization
- Logo souvinare magazine
- Logo on event website
एटेण्डेण्ट रजिस्ट्रेशनबारे जानकारी
एटेण्डेण्ट रजिस्ट्रेशन nrnnccusa.org मा छिट्टै सुरु हुनेछ हुने छ। राजिस्ट्रेशनको लागि अमेरिकी $२००.०० लाग्ने छ भने उकत रकममा २ वटा लन्च र २ वटा डिनर समेत इनक्लुड हुनेछ।
होटल बूकिंग खुल्ला-बूकिंग कोड र लिंक वेबसाइटमा छिट्टै राखिने
थप जानकारीको लागि :
DoubleTree by Hilton Hotel Newark Airport
128 Frontage Road, Newark, New Jersey, 07114, USA
TEL: +1-973-690-5500 FAX: +1-973-465-7195
Airport को लागि सुझाव
सबैभन्दा नजिकको एयरको एयपोर्ट नेवार्क हो। EWR – Newark Liberty International Airport यदी यो एयरपोर्टमा फ्लाइट बूकिंग हुन न सकेमा न्यूयोर्कको JFK – John F. Kennedy International Airport मा समेत बूकिंग गर्न सक्नुहुने छ।
नियमित अपडेट र थप जानकारीको लागि
https://nrnnccusa.org
http://ift.tt/1YyN5lp
धन्यबाद सहित;
कृष्ण के सी
कृष्ण के सी
एनआरएनए ९ औं क्षेत्रीय सम्मेलन मिडिया तथा प्रचार-प्रसार कमिटी संयोजक
तथा
रिजनल मिडिया कोअर्डिनेटर
गैर आवासीय नेपाली संघ अमेरिकाज
No comments:
Post a Comment