Saturday, May 28, 2016

डिसीमा प्रधान न्यायाधीश सुशिला कार्की द्वारा परम्परा नेपाल उत्सवको उद्घाटन

IMG_0691

उत्तर अमेरिकाको सबै भन्दा जेष्ठ नेपालीहरुको सामाजिक संस्था अमेरिका नेपाल सोसाइटी ले आयोजना गरेको हेरिटेज नेपाल भेस्टिवल नामक कार्यक्रमलाई नेपालका सम्माननीय प्रधान न्यायाधीश सुशिला कार्कीले पानसमा बत्ती बालि कार्यक्रमको उद्धघाटन गर्नु भएको छ l

प्रधान न्यायाधिस अमेरिका केहि दिन अगाडी अन्य न्यायाधिसहरु संग कार्यक्रममा सहभागी हुन् आउनु भएको अवसरमा नेपाली दुताबास मार्फत परम्परा नेपाल उत्सवको उद्घाटनमा सहभागी भै नेपालका संस्कृति तथा परम्परा झल्काउने सांस्कृतिक कार्यक्रम अबलोकन गर्नु भएको थियो l

IMG_0643

प्रधान न्यायाधिस कार्कीले छोटो मन्तब्य राख्दै नेपाली दुताबासले सिफारिस गरेको र यो कार्यक्रम नेपालको परम्परा सम्बन्धि रहेकोले आफु आएको बताउनु भयो l वहाले आफु बिशेष कार्यक्रममा सहभागी हुन् अमेरिका अन्य न्यायाधिसहरु संग आएको भन्दै अन्य न्यायाधिसहरुको परिचय गराउनु भएको थियो l आफु यस्ता कार्यक्रममा नजाने र यस्ता ठाउँमा मन्त्रीहरु जानु हुन्छ भन्दा दर्शकले थपडी बजाएर स्वागत खुसि व्यक्त गरेका थिए l आफुलाई खुसि लागेको व्यक्त गदै आयोजकलाई धन्यवाद दिनु भयो l

उक्त कार्यक्रममा आफु उपस्थित नभएता पनि भर्जिनियाका गभर्नर टेरी मकअफ ,सिनेटर मार्क वार्नरले शुभकामना संदेश दिएका थिए भने जेनिफर बोयेस्को जिल्ला ८६ को प्रतिनिधि सभा सदस्य ,इलिन फिलर कर्न तथा हर्न डन कि शहर कि परिसद महिला ग्रेस हेन वल्फ़ले बोलेका थिए l नेपाली दुताबासका पूर्व नियोग उप प्रमुख ऋषिराम घिमिरेलाई अमेरिका नेपाल सोसाइटीले मायाको चिनो प्रदान गरेको थियो l संस्थाका अध्यक्ष जीवन तिवारीले शुभकामना दिएका थिए l

IMG_0651

उत्सवका लागी क्यालिफोर्निया तथा टेक्सास बाट आएका उदयमान युवा कलाकारहरू आयुष रिमाल र निक्कि कार्किको प्रस्तुति बेजोड रहनुको साथै स्थानीय कलाकार तथा बालबालिकाले प्रतिभा प्रस्तुत गरेका थिए l यस्तै गरि स्थानीय संगीत टोलि फ्युजन व्यान्डको प्रस्तुती बेजोड को रहेको थियो l

अमेरिकाले हरेक वर्षको मे महिनालाई एसियन,प्यासिफिक अमेरिकन हेरिटेज महिनाको रुपमा मनाउने गरेकोले उक्त अवसरमा यो उत्सव मनाईएको हो l अन्य कार्यक्रमहरुमा ज्यादा जसो दोश्रो पुस्ताका युवाहरूको सहभागीता नदेखिएकोले यस पटक उनीहरू कै व्यापक सहभागीतामा हेरिटेज नेपाल उत्सव मनाई स्थानीय प्रतिभाशाली युवाहरूलाई प्रोत्साहन गर्ने थालनी भएकोमा युवाहरु अत्यन्त उत्साहि भएका छन l

IMG_0706

भर्जिनियाको हर्नडन हाईस्कुलमा सम्पन्न कार्यक्रममा कार्यकारी समिति ,स्वयम् सेवक तथा कायर्क्रम संयोजक सुनिल मणि दाहालको अथक प्रयास तथा मेहनतको कारण कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको छ l

IMG_0597

IMG_0699 IMG_0632

IMG_0619 IMG_0615 IMG_0614 IMG_0612 IMG_0606 IMG_0603 IMG_0599 IMG_0592 IMG_0725 IMG_0724 IMG_0715 IMG_0699 IMG_0639 IMG_0635 IMG_0632

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...