Sunday, June 5, 2016

गायक श्रेष्ठको एल्वम बयली विमोचनसगंै सञ्चारकर्मी सम्मानित कुशल खत्री तथा निलम पौडेल

Sagar Pradhan

काठमाडौं÷ विगत १२ वर्ष देखी संगीत क्षेत्रमा निरन्तर सक्रिय गायक रामकृष्ण श्रेष्ठको तेस्रो भिडिसी एल्वम बयलीको राजधानीमा एक कार्यक्रमका बीच पूर्वसामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, गायक एंव संगीतकार रामेश श्रेष्ठ, वरिष्ठ चिकित्सक एंव गीतकार डा.भोला रिजाल, गायीका रेखा शाह, गायक तथा नायक यश कुमार र गायक तथा संगीतकार सुरेन्द्र श्रेष्ठले संयुक्त रुपमा विमोचन गरेका छन् । यस भिसिडी एल्वममा ६ वटा गीतको भिडियो संग्रहीत रहेका छन् । सबै गीतमा गायक श्रेष्ठको स्वर रहेको छ ।

Ramkrishna Shrestha

कार्यक्रममा दुई वटा गीतको भिडियो देखाइएको थियो । एल्वम विमोचनमा सञ्चार क्षेत्रबाट गीतसंगीत क्षेत्रमा योगदान पु¥याएको भन्दै तीन पत्रकारलाई सम्मान गरीएको छ । सम्मानित हुनेहरुमा साप्ताहिकका कृष्ण भट्टराई, एविसी टिभी तथा रेडियो राजधानीका सागर प्रधान र मूलधार साप्ताहिक, रंगीनसंसार डट कम तथा राष्ट्रपुकार डट कमका मनोज थापा रहेका छन् । कार्यक्रममा बोल्ने व्यक्ताहरुले गायक श्रेष्ठलाई सफलताको शुभकामना दिएका थिए । गायक श्रेष्ठले यस अघि उनी, बोध एल्वम श्रोत्ता माझ ल्याइसकेका छन् । गायक श्रेष्ठ सञ्चार क्षेत्रसँग पनि आबद्ध रहेका छन् । कार्यक्रमलाई रेडियो राजधानीले लाईभ गरेको थियो ।

Manoj Thapa krishna Bhattarai

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...