Monday, June 6, 2016

आमनिर्वाचनपछि नयाँ सरकार बन्छ–प्रधानमन्त्री

KP_Oli

बनेपा, २४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७४ माघ ७ भित्र हुने संसदीय निर्वाचनपछि मात्रै वर्तमान सरकार परिवर्तन हुने दोहो¥याउनुभएको छ ।

काठमाडौँ विश्वविद्यालयको ७२ औँ सिनेट बैठकमा सहभागी भई बाहिरिने क्रममा आज पत्रकारसँग कुरा गर्दै उहाँले सरकार परिवर्तनको कुनै भद्र सहमति नभएको स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो,“सरकार कहिल्यै स्थिर हुँदैन, तर यो सरकार अहिल्यै परिवर्तन हुने भन्ने मितिको टुङ्गो लागेको छैन ।”

विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका ओली र सहकुलपति शिक्षामन्त्री गिरिराजमणि पोखरेल सहभागी बैठकले आव २०७३÷०७४ रु तीन अर्ब ३२ करोडको बजेट पारित गरेको छ । बैठकले प्राध्यापकका तर्फबाट कार्यकारी परिषद्मा डा विमलप्रसाद श्रेष्ठलाई नियुक्त गरेको रजिस्ट्रार भोला थापाले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...