Monday, June 6, 2016

पहिलो देउडा गायक देवकोटाको निधन

जुम्ला, २४ जेठ । पश्चिम नेपालको पहिलो देउडा गायकका रुपमा परिचित जुम्लाका महाशङ्कर देवकोटाको आज बिहान काठमाडौँस्थित वीर अस्पतालमा निधन भएको छ ।

लामो समयदेखि दम रोगबाट ग्रसित देवकोटाको उपचारका क्रममा ८२ वर्षको उमेरमा निधन भएको हो ।

स्व देवकोटाले २०२० साल पुस २९ गते पहिलो पटक रेडियो नेपालमा ‘पानी तिर्खा मेटिजान्छ, किर्मी पारी टाँके टन, लाई माया मर्दैन मालौ रुँदैछ बैरागी मन’ देउडा गीत रेकर्ड गराउनुभएको थियो । स्व देवकोटाले देउडागीतबाटै कर्णालीको नाम चिनाएको देउडा एवम् यहाँको संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्यले बताउनुभयो ।

स्व देवकोटाप्रति श्रद्धाञ्जलि अर्पण गर्न उहाँको पार्थिव शरीरलाई दिउँसो नेपाल प्रज्ञा–प्रतिष्ठानको भवनमा राखिएको थियो । उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...