Tuesday, June 7, 2016

सरकारलाई काम गर्न दिइनुपर्छ – प्रम ओली

 

razak-khan_1464767444-555x335नेपालगन्ज, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको हितका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताउनुभएको छ ।

सुर्खेत जिल्लाको वीरेन्द्रनगरस्थित मध्यपश्चिम विश्व विद्यालयको सिनेट बैठकमा भाग लिन जाने क्रममा नेपालगन्ज विमानस्थलमा आज बिहान पत्रकारसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई विघटन नगरेर नै राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि प्रयास भइरहेको बताउनुुभयो ।

उहाँको भनाइ थियो – “सहमतिका लागि प्रतिपक्षमा रहेका सबै दलहरुसँग विचार विमर्श थालिएको छ । छलफल भइरहेको छ । अर्को संसदीय निर्वाचन नभएसम्म यो सरकारलाई काम गर्न दिइनुपर्छ ।”

उहाँले अगाडि भन्नुभयो – “संविधान कार्यान्वयनका लागि पनि राजनीतिक दलहरुबीच राष्ट्रिय सहमति आवश्यक छ, राष्ट्रिय सहमतिको सरकार भयो भने संविधानको कार्यान्वयन अभैm सहजताका साथ अघि बढछ, त्यसका लागि पनि हामीले राष्ट्रिय सहमतिको सरकार गठनका लागि जोड दिएका हौं ।”

उहाँले सरकारको विरोध प्रतिपक्षबाट हुनु लोकतान्त्रिक प्रक्रियाको एउटा कडी भएको स्पष्ट पार्दै भन्नुभयो – “तर, विरोध रचनात्मक हुनुपर्छ, सरकारको कामको गुण दोषका आधारमा हुनुपर्छ, विरोधका लागि मात्र विरोध हुनुहुदैन ।”

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...