Tuesday, June 7, 2016

स्वास्थ्य संस्थामा औषधिको अभाव

कञ्चनपुर, २५ जेठ । कञ्चनपुरका स्वास्थ्य संस्थाहरुमा औषधिको अभाव भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार स्वास्थ्य संस्थामा ५८ प्रकारको औषधि आवश्यक पर्ने भएपनि अहिलेसम्म बीस प्रकारका औषधि आपूर्ति हुन सकेको छैन ।

स्वास्थ्य संस्थामा औषधि नभएपछि बिरामीले निजी औषधि पसलबाट चर्को मूल्य तिर्दै औषधि खरिद गर्नुपरेको छ ।

वरिष्ठ जनस्वास्थ्य प्रशासक शिवदत्त भट्टले औषधि आपूर्तिमा नाकाबन्दी र भूकम्पको असर अहिलेसम्म हटिनसकेको बताउनुभयो ।

जनस्वास्थ्यले विभाग र क्षेत्रीय मेडिकल स्टोरबाट औषधि आपूर्ति गर्दैआएको छ ।

चालु आर्थिक वर्षका लागि औषधि खरिदमा रु ४५ लाख छुट्याइएको छ । यसमध्ये रु २५ लाखसम्मको औषधि खरिद गरिएको छ ।
यो कुल आपूर्तिको १५ प्रतिशत मात्रै हो । स्वास्थ्यमा विभागबाट ५० प्रतिशतसम्म औषधि आउने गरेको छ । सरकारले प्राथमिक स्वास्थ्य केन्द्रमा ५८, स्वास्थ्य चौकीमा ४४ र २५ शय्यासम्मको अस्पतालमा ७० प्रकारको निःशुल्क औषधि आपूर्तिको व्यवस्था गरेको छ ।

कञ्चनपुरमा तीन प्राथमिक स्वास्थ्य केन्द्रसहित ३५ स्वास्थ्य संस्था छन् । ती सबै संस्थाले औषधि अपुग भएको प्रतिवेदन कार्यालयमा पठाएका छन् ।

वरिष्ठ जनस्वास्थ्य प्रशासक भट्टले ४८ प्रकारका औषधि माग गरिएकामा जम्मा चार÷चार प्रकारका औषधि मात्रै आएका जानकारी दिनुभयो ।

कार्यालयले जेठ २० गते औषधिको माग गरेको थियो । यसवर्ष नाकाबन्दी र भूकम्पले अभाव देखिए पनि विगतका वर्ष आन्तरिक कारणले औषधि खेर जाने गथ्र्यो ।

यसैबीच, कञ्चनपुरका स्वास्थ्यकर्मीले विशेष पदस्थापन भएको वर्ष दिन बितिसक्दासमेत अधिकार कायम नभएको भन्दै आन्दोलनको घोषणा गरेका छन् ।

स्वास्थ्य सेवा ऐनको दफा ९ (ख) अनुसार विशेष पदस्थापन भएका स्वास्थ्य कर्मचारीको पदस्थापन भएको एकवर्ष बितिसक्दा समेत पदाधिकार कायम नभएको विरोधमा आन्दोलन थालिएको हो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...