Thursday, June 9, 2016

बिना इजाजत डेन्टल सञ्चालन गर्ने पक्राउ

भोजपुर, २८ dental जेठ । भोजपुर सदरमुकाममा बिना इजाजत डेन्टल क्लिनिक सञ्चालन गर्ने सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

सदरमुकाममा सञ्चालनमा रहेको ओम सिद्धि विनायक डेन्टल केयरका संचालक सप्तरीको पोर्ताहा–३ घर भएका २४ वर्षीय सन्तोषकुमार रोहितालाई जिल्ला प्रहरी कार्यालय भोजपुरले पक्राउ गरी सार्वजनिक गरेको हो ।

भोजपुर जिल्लाका विभिन्न स्थानमा शाखा कार्यालय सञ्चालन गरी बिना इजाजत अवैधरुपमा ओम सिद्धि विनायक डेन्टल केयर सञ्चालन गरी स्थानीय मानिसलाई भ्रममा पारेकाले निजलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दाँतसम्बन्धी कुनै पनि कोर्स नगरी डेन्टल हाइजिनिस्ट (डिएच) भन्दै स्थानीय मानिसको स्वास्थ्यमा लापरबाहीपूर्वक ठगी गरिरहेको सूचनाका आधारमा सन्तोषलाई गत सोमबार पक्राउ गरी प्रहरीले बिहीबार सार्वजनिक गरेको हो । निज सन्तोषकुमार रोहितालाई ठगी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...